Like us!
Follow us!
Connect us!
Watch us!

जेठमा ब्याजदर नबढ्ने हल्लाले सेयर बजारमा चमक

नेप्से

आइतबार, २५ बैशाख २०७९, १५ : २२ मा प्रकाशित

जेठमा ब्याजदर नबढ्ने हल्लाले सेयर बजारमा चमक

साताको पहिलाे कारोबार दिन आज (आइतबार) सेयर बजारमा राैनकता देखिएकाे छ । नेप्से परिसूचक दाेहाेराे अंकले बढ्दा काराेबार भएका ११ वटा उपसमूह उकालाे लागेका छन् ।

जेठ महिनामा बैंकहरूले निक्षेपकाे ब्याजदर नबढाउने हल्लाले बजारमा सकारात्मक माहाेल देखिएकाे लगानीकर्ताहरूकाे अनुमान छ । अर्थ संसार डटकम रिपाेर्टिङकाे क्रममा एक ब्राेकर हाउस पुग्दा त्यहाँ उपस्थित लगानीकर्ताहरूबीच जेठमा बैंकहरूकाे ब्याजदर नबढ्ने खासखुस चलेकाे सुनियाे । यसअघि बुधबार चार्टर्ड एकाउन्टेन्ट्स अफ नेपालको लेखापाल सम्मेलनलाई सम्बोधन गर्दै नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले बैंकहरूकाे ब्याजदर अझै बढ्न सक्ने अभिव्यक्ति दिएका कारण लगानीकर्ताहरूकाे मनाेबल घटेकाे थियाे । अहिले फेरि जेठमा ब्याजदर नबढ्ने हल्लाले केही हदसम्म लगानीकर्ताकाे मनाेबल बढेकाे देखिएकाे छ । 

 नेपाल स्टक एक्सचेञ्जका अनुसार आज (आइतबार) सेयर कारोबार मापक नेप्से परिसूचक १७.९५ अंकले बढेर २२५६.५७ विन्दुमा पुगेकाे छ । नेप्से ०.८० प्रतिशतले बढेकाे हो । यता सेन्सेटिभ परिसूचक पनि ३.८० अंकले बढेर ४३६.३५ विन्दुमा पुगेकाे छ । 

कूल २३३ वटा कम्पनीकाे ३३ लाख ४१ हजार २ सय १४ कित्ता सेयर खरिदबिक्री हुँदा एक अर्ब ३२ करोड ६४ लाख २१ हजार ६ सय ७२ रूपैयाँ बराबरको कारोबार भएकाे नेप्सेले जनाएकाे छ ।

स्टकका अनुसार कारोबार भएका कूल १३ उपसमूहमध्ये आज २ वटा उपसमूह अर्थात् माइक्राेफाइनान्स र बैंकिङ्ग समूह बाहेक बाँकी सबै उपसमूहकाे सेयर बढेकाे छ ।

आइतबार नागरिक लगानी काेषकाे सर्वाधिक काराेबार भएकाे छ । काेषकाे ७ कराेड ५३ लाख ५९ हजार रूपैयाँ बराबरकाे काराेबार भएकाे हाे ।

आज जाल्पा सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेडकाे सेयरमूल्यमा सकारात्मक सर्किट लागेकाे छ । संस्थाकाे सेयरमूल्य १० प्रतिशतले बढेर एक हजार ६ सय ७२ रूपैयाँ ६० पैसा पुगेकाे छ । 

यस दिन एभरेष्ट इन्स्याेरेन्स कम्पनीकाे संस्थापक समूहकाे सेयरमूल्य सबैभन्दा धेरै घटेकाे छ । कम्पनीकाे संस्थापक सेयरकाे मूल्य ५.८५ प्रतिशतले घटेर ३ सय २५ रूपैयाँ २० पैसा पुगेकाे छ । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको