Like us!
Follow us!
Connect us!
Watch us!

अब शुक्रबार पनि सेयर बजार खुल्ने, नेप्सेले निकाल्याे यस्ताे सूचना

नेप्से

आइतबार, २५ बैशाख २०७९, १७ : ५६ मा प्रकाशित

अब शुक्रबार पनि सेयर बजार खुल्ने, नेप्सेले निकाल्याे यस्ताे सूचना

जेठ महिनाबाट शुक्रबार पनि सेयर बजार खुल्ने भएकाे छ ।

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले  आज एक सूचना प्रकाशन गर्दै जेठदेखि शुक्रबार पनि सेयर बजार खुल्ने जानकारी दिएकाे हाे । 

नेप्सेकाे सूचनामा भनिएकाे छ, "नेपाल सरकार मन्त्रिपरिषदको मिति २०७९ बैशाख २३ मा बसेको बैठकले २०७९ जेठ १ गते देखि लागु हुने गरी बिहान ९:३० बजे देखि साँझ ५:३० बजे सम्म कार्यालय समय कायम गर्ने, शनिबार र आइतबार साताको दुई दिन सार्वजनिक बिदा दिने निर्णय गरेको हुदाँ सोहि अनुरुप सोमबार देखि शुक्रबार सम्म धितोपत्रको कारोबार गर्ने नेप्से सञ्चालक समितिको मिति २०७९/०१/२१ गतेको निर्णयानुसार जानकारीका लागि अनुरोध छ ।"

नेप्सेले प्रकाशन गरेकाे सूचना यस प्रकारकाे छ : 

6277b3cdbfe58.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको