Like us!
Follow us!
Connect us!
Watch us!

दाेहाेराे अंकले बढ्याे नेप्से, बढ्दै लगानीकर्ताकाे मनाेबल

नेप्से

सोमबार, २६ बैशाख २०७९, १५ : ०२ मा प्रकाशित

दाेहाेराे अंकले बढ्याे नेप्से, बढ्दै लगानीकर्ताकाे मनाेबल

आज (साेमबार)  पनि सेयर बजारमा सकारात्मक माहाेल देखिएकाे छ । नेप्से परिसूचक दाेहाेराे अंकले बढेकाे छ । सेयर बजारमा फेरि हरियाली देखिन थालेपछि लगानीकर्ताकाे मनाेबल पनि बढ्दै गइरहेकाे छ ।

नेपाल स्टक एक्सचेञ्जका अनुसार आज (साेमबार) सेयर काराेबार मापक नेप्से परिसूचक १२.२७ अंकले बढेर २२६८.८४ विन्दुमा पुगेकाे छ । नेप्से ०.५४ प्रतिशतले बढेकाे हाे । सेन्सेटिभ परिसूचक पनि ३.१२ अंकले बढेर ४३९.४७ विन्दुमा पुगेको छ । 

कूल २२२ वटा कम्पनीकाे ३३ लाख २४ हजार ८ सय २२ कित्ता सेयर खरिदबिक्री हुँदा एक अर्ब ३९ करोड ६ लाख ७ हजार ७ सय २ रूपैयाँ बराबरको कारोबार भएकाे नेप्सेले जनाएकाे छ ।

स्टकका अनुसार कारोबार भएका कूल १३ उपसमूहमध्ये आज ९ वटा उपसमूहकाे सेयर बढेको छ भने बाँकी ४ वटा उपसमूहकाे सेयर घटेकाे छ । सबैभन्दा धेरै व्यापार उपसमूह बढेकाे छ ।

साेमबार नेपाल टेलिकमकाे सर्वाधिक काराेबार भएकाे छ । टेलिकमकाे ७ कराेड ८३ लाख ५३ हजार रूपैयाँ बराबरकाे काराेबार भएकाे हाे । 

आज पनि जाल्पा सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेडकाे सेयरमूल्यमा सकारात्मक सर्किट लागेकाे छ । संस्थाकाे सेयरमूल्य १० प्रतिशतले बढेर एक् हजार ८ सय ३९ रूपैयाँ ८० पैसा पुगेकाे छ ।

यस दिन हिमालयन उर्जाकाे सेयरमूल्य सबैभन्दा धेरै घटेकाे छ । कम्पनीकाे सेयरमूल्य ३.७८ प्रतिशतले घटेर २ सय ९५ रूपैयाँमा झरेकाे छ ।

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको