Like us!
Follow us!
Connect us!
Watch us!

नेप्से उकालाे यात्रामै, के बजार लयमा फर्किएकाे हाे ?

नेप्से

मंगलबार, २७ बैशाख २०७९, १५ : २३ मा प्रकाशित

नेप्से उकालाे यात्रामै, के बजार लयमा फर्किएकाे हाे ?

आज (मंगलबार) पनि सेयर बजारकाे उकालाे यात्रामा निरन्तरता देखिएकाे छ । यस साताकाे पहिलाे काराेबार दिन आइतबारदेखि नै बजार उकालाे यात्रामै देखिएकाे छ ।

जेठबाट बजार नयाँ माहाेल देखा पर्ने अनुभवी लगानीकर्ता सुसान्त केसी बताउँछन् । के बजार लयमा फर्किएकाे हाे भन्ने अर्थसंसारकाे प्रश्नकाे जवाफ दिँदै उनले भने, "आज पनि बजारमा सकारात्मक माहेल नै देखियाे । जेठमा बैंकहरुको ब्याजदर पनि नबढ्ने लगभग पक्कापक्की भएको छ । बजार बढ्नलाई यो एउटा प्लस पोइन्ट हो । बजारमा फेरि हरियाली देखिँदा लगानीकर्ताको मनोबल पनि बढेको छ । मेरो विचारमा जेठबाट नै हामीले बजारमा नयाँ माहोल देख्न पाउनेछौँ ।"

नेपाल स्टक एक्सचेञ्जका अनुसार आज (मंगलबार) सेयर कारोबार मापक नेप्से परिसूचक ४४.१६ अंकले बढेर २३१३.०० विन्दुमा पुगेकाे छ । नेप्से १.९५ प्रतिशतले बढेकाे हो । सेन्सेटिभ परिसूचक पनि ७.६७ अंकले बढेर ४४७.१४ विन्दुमा पुगेको छ । 

कूल २२६ वटा कम्पनीकाे ३३ लाख ३० हजार एक सय ५० कित्ता सेयर खरिदबिक्री हुँदा एक अर्ब ३५ करोड ६६ लाख ८७ हजार ४ सय ६९ रूपैयाँ बराबरको कारोबार भएकाे नेप्सेले जनाएकाे छ ।

स्टकका अनुसार कारोबार भएका कूल १३ उपसमूहमध्ये आज सबै उपसमूहकाे सेयर बढेको छ । सबैभन्दा धेरै हाइड्राेपावर समूह बढेकाे छ ।

मंगलबार ङादी ग्रुप पावर कम्पनी लिमिटेडकाे सर्वाधिक काराेबार भएकाे छ । कम्पनीकाे ९ कराेड ९८ लाख ३ हजार रूपैयाँ बराबरकाे काराेबार भएकाे हाे ।

आज ३ कम्पनीकाे सेयरमूल्यमा सकारात्मक सर्किट लागेकाे छ । ङादी ग्रुप पावर, बरूण हाइड्राेपावर र जाल्पा सामुदायिक लघुवित्तकाे सेयरमूल्यमा सकारात्मक सर्किट लागेकाे हाे । ङादी ग्रुप पावर र बरूण हाइड्राेपावरले हकप्रद निष्कासन गर्न विद्युत नियमन आयोगबाट अनुमति पाएसँगै यी कम्पनीहरूकाे मूल्यमा सकारात्मक सर्किट लागेकाे हाे । 

आज एनआईबीएल समृद्धि फण्ड २ काे मूल्य सबैभन्दा धेरै घटेकाे छ । उक्त फण्डकाे मूल्य ४.८२ प्रतिशतले घटेर ८ रूपैयाँ ५० पैसामा झरेकाे छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको