Like us!
Follow us!
Connect us!
Watch us!

सगरमाथा इन्स्याेरेन्सकाे २० प्रतिशत बोनस पारित

अर्थ संसार

बुधबार, २८ बैशाख २०७९, १४ : ४४ मा प्रकाशित

सगरमाथा इन्स्याेरेन्सकाे २० प्रतिशत बोनस पारित

सगरमाथा इन्स्याेरेन्स कम्पनी लिमिटेडकाे वार्षिक साधारण सभा आज (वैशाख २८ गते, बुधबार) सम्पन्न भएकाे छ । कम्पनीकाे पच्चीसाैँ वार्षिक साधारण सभा आज बुधबार, लैनचाैर ब्याङ्क्वेट, लैनचाैर, काठमाडाैँमा सम्पन्न भएकाे हाे ।

सभामा कम्पनीको सञ्चालक समितिको बैठकले गरेकाे निर्णय अनुसार आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट चुक्ता पूँजीको २० प्रतिशत बोनस सेयर र कर प्रयोजनको लागि १.०५२६३ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरिएकाे छ ।

यसका साथै, सभामा कम्पनीको प्रबन्धपत्रको दफा ५.१ मा संशोधन गरी कम्पनीको अधिकृत पूँजी २ अर्बबाट वृद्धि गरि ५ अर्ब कायम गर्ने विशेष प्रस्ताव पारित गरिएकाे छ ।

त्यसैगरी, सञ्चालक समितिको तर्फबाट अध्यक्षबाट पेश गरिएकाे आर्थिक वर्ष २०७७/०७८ को वार्षिक प्रतिवेदन पारित गर्ने, आर्थिक वर्ष २०७७/०७८ को लेखापरीक्षकको प्रतिवेदन सहितको वासलात, नाफा नोक्सान हिसाब र नगद प्रवाह विवरण, सम्बन्धित अनुसूचीहरू पारित गर्ने, कम्पनीको आर्थिक वर्ष २०७८/०७९ को लेखापरीक्षण गर्नका लागि लेखापरीक्षण समितिको सिफारिस बमोजिम लेखापरीक्षकको निर्णय गरी निजको पारिश्रमिक तोक्ने लगायतका प्रस्तावहरू पनि सभामा पारित गरिएकाे छ । 

कम्पनीमा रिक्त रहेको स्वतन्त्र सञ्चालक पदमा शोभा श्रेष्ठलाई गरिएको नियुक्ती पनि सभाले अनुमोदन गरेकाे छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको