Like us!
Follow us!
Connect us!
Watch us!

लिभरपुलले उचाल्यो एफए कपको उपाधि

अर्थ संसार

आइतबार, ०१ जेठ २०७९, ११ : ४३ मा प्रकाशित

लिभरपुलले उचाल्यो एफए कपको उपाधि

शनिबार राति लिभरपुलले चेल्सीलाई पेनाल्टीमा ६–५ ले हराउँदै एफए कपको उपाधि जितेको हो ।  लिभरपुलले २००६ पछि पहिलोपटक एफए कपको उपाधि जित्न सफल भएको हो । यसअघि लिग कपमा पनि चेल्सीलाई नै पेनाल्टीमा ११–१० ले हराउँदै उपाधि जितेको थियो । 

गएराति निर्धारित र थपिएको ३० मिनेट समय गोलरहित बराबरीमा सकिएपछि खेल पेनाल्टी सुटआउटमा गएको हो । पहिलो पाँच पेनाल्टीमा चेल्सीका सेसर एज्पिलिक्वेटा र लिभरपुलका साडियो माने गोल गर्न असफल भएका थिए । त्यसपछि चेल्सीका हाकिम जियाच र लिभरपुलका डिएगो जोटाले गोल गरे । कोन्सटाटिनोस सिमिकासले निर्णायक गोल गर्नुअघि चेल्सीका मासन माउन्ट गोल गर्न चुकेका थिए । सिमिकासले लिभरपुलका लागि गरेको यो पहिलो गोल हो । उनी १११औं मिनेटमा एन्ड्रयू रोबर्टसनको स्थानमा मैदान छिरेका थिए ।

“सानो कुराले फेरि फरक पा¥यो । हामी उपाधि जित्न सफल भयौँ । मेरो खेलाडीबाट योभन्दा धेरै गौरवान्वित हुने ठाउँ छैन,” लिभरपुलका प्रशिक्षक क्लोपले भने । म्यानचेस्टर युनाइटेडका एलेक्स फर्गुसनपछि इङ्लिस फुटबलमा क्लबका लागि युरोपियन कप, प्रिमियर लिग, लिग कप र एफए कपको उपाधि जित्ने क्लोप दोस्रो प्रशिक्षक बनेका छन् । 
चेल्सी भने लगातार तेस्रोपटक एफए कपको फाइनलमा पराजित भयो । चेल्सी २०२० मा आर्सनल र गत वर्ष लेस्टरसँग पराजित हुदै उपाधि विमुख भएको थियो । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको