Like us!
Follow us!
Connect us!
Watch us!

लगानीकर्ताको बालेन क्रेज :जिते नगद पुरस्कार दिने घोषणादेखि भोट बराबरको बैंकको सेयर किन्ने घोषणा

अर्थ संसार

सोमबार, ०२ जेठ २०७९, १७ : ०६ मा प्रकाशित

लगानीकर्ताको बालेन क्रेज :जिते नगद पुरस्कार दिने घोषणादेखि भोट बराबरको बैंकको सेयर किन्ने घोषणा

अहिले देशैभरको जनतालाई निर्वाचनले छोएको छ।  हरेक गाउँ होस् या नगरका वडा सबैको ध्यान मत गणना र त्यहाँबाट आउने रिजल्ट मै केन्द्रित रहेको छ । नहोस पनि किन, यो त स्थानीय निर्वाचन न पर्यो।  

सेयर बजारका लगानीकर्ता पनि निर्वाचनबाट टाढा नरहने पक्कै भएन। कोही सामाजिक सञ्जालमा अपडेट गराएर होस् त काेही मत गणना स्थलमा पुगेरै होस् केही न केही हिसाबले लागि परेका नै छन् । 

नेपाल इन्भेष्टर्स फोरमकी महासचिव दुर्गा तिवारीलाई पनि चुनाव नलाग्ने कुरै भएन । किनकि उनी नेपाली काँग्रेसकी कार्यकर्ता पनि हुन्।  समाचार सङ्कलनको क्रमले हामीले उनलाई राष्ट्रिय सभागृहमा भेट्यौ । आफ्नो पार्टीको उम्मेदवार सिर्जना सिङले कम भोट ल्याएकोमा उनी चिन्तित देखिन्थिन् । तर उनलाई अझ धेरै वडाको मतपत्र गन्न बाँकी रहेकोले आफ्नो उम्मेद्वारले भोट बढाउने आशा भने थियो । बालेनले राम्रो भोट ल्याउनमा काठमाडौँबासीको दलहरुप्रतिको बितृष्णा प्रमुख कारण उनको ठम्याई रहेको छ ।  उनलाई पनि बालेनको भिजन मनपरेको रहेछ ।

सभागृह मै भेटिए सेयर लगानीकर्ता दबाब समूहका अध्यक्ष हरि ढकाल। ढकाल सुरुको दिनदेखि नै काठमाडौँका मेयरमा उम्मेदवार बालेन शाहको पक्षमा खुलेर नै लागेका छन् ।  बालेनको मत माग्न जाने कार्यक्रममा होस् या सोसल मिडियाका उपडेट गर्नमा उनी खुलेर बालेनमय भएका छन् ।  तेस्तैमा उनले आज आफ्नो सामाजिक सञ्जालमा पाेष्ट गर्दै बालेनले जितेको खण्डमा आफुले एसएलसी दिएको जन जागृती विद्यालयको ३ टपरलाई नगद पुरस्कार दिने घोषणा नै गरे । 


अर्का चुनावमा खुलेर लागेका पात्र हुन् रोहन कार्की ।  स्वतन्त्र पूँजीबजार संघका अध्यक्ष कार्कीका अनुसार बालेनलाई अहिले जिताउनु भनेको समग्र अहिले राजनितिमा भएको सिन्डिकेट तोड्नु हो यसभित्रका विकृती र विसङ्गतीको ससक्त जवाफ दिनु पनि हो । बालेनले पाउने अधिकांश भोट भनेको अहिलेका ठुला भनिएका पूँजीबजार विरोधी पार्टीलाई गरिएको नो भोट पनि रहेकाे उनकाे तर्क छ । त्यसैले पूँजी बजार विरोधिलाई नो भोट गर्न पनि बालेनलाई त्यो भोट हालौँँ भन्दै सुरुदेखि नै काठमाडौँ महानगरको चुनावमा लागेका छन् उनी ।  अहिले बालेनको तर्फबाट मत गणना स्थलमा प्रतिनिधित्व गर्नेदेखि आफ्नो फेसबुक मार्फत अपडेट गराउन उनलाई फुर्सत छैन । 

बालेनको लागि जबर्जस्त रुपमा लागेका अर्का पात्र हुन् केशव कोइराला (काका) । कोइराला पनि सुरुदेखि नै  सामाजिक सञ्जालमा बालेनको पक्षमा बोल्न होस् या खुलेर भोट माग्न होस् उनी खुलेर लागेका छन् । 

त्यस्तै अर्का मात्र हुन् लगानीकर्ता गोपाल स्वामी।  उनी पनि खुलेरै बालेनको पक्षमा छन्।


अर्का सेयरबजारमा चिनिएका मात्रहरु हुन् सुवास चन्द्र ढुंगाना र सुवास चन्द्र भट्टराई ।  सुभास चन्द्र ढुंगाना पनि बालेनको पक्षमा खुलेका छन्। 

त्यस्तै  रमाइला रमाइला स्टाटस लेख्ने सुवास चन्द्र  भट्टराई खुलेरै कसैप्रति नलागेपनि उनीले आज आफ्नो सामाजिक सञ्जालमा यस्तो लेख्न भ्याए। 

62825fccee54a.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Whatsapp hamropatro

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको