Like us!
Follow us!
Connect us!
Watch us!

रिभर फल्स पावरको आईपीओमा कति पर्याे आवेदन ? यस्ताे छ पछिल्लाे अपडेट

अर्थ संसार

मंगलबार, ०३ जेठ २०७९, ११ : ०१ मा प्रकाशित

रिभर फल्स पावरको आईपीओमा कति पर्याे आवेदन ? यस्ताे छ पछिल्लाे अपडेट

रिभर फल्स पावर कम्पनी लिमिटेडले वैशाख २८ गते, बुधबारदेखि सर्वसाधारणका लागि साधारण सेयर (आईपीओ ) निष्कासन तथा बिक्री खुल्ला गरिरहेको छ । कम्पनीकाे आईपीओ तेश्रो दिन आज बिहान १०ः३० बजेसम्म ६.४७ गुणाले ओभर सब्सक्राइब भएको छ ।

निष्कासन तथा बिक्री प्रबन्धक प्रभु क्यापिटल लिमिटेडका अनुसार कम्पनीकाे आईपीओमा मंगलबार बिहान १०ः३० बजेसम्म १४ लाख १३ हजार ५ जना सर्वसाधारण लगानीकर्ताहरुबाट १ अर्ब ६४ करोड ३६ लाख १४ हजार रकम बराबरको १ करोड ६४ लाख ३६ हजार १ सय ४० कित्ता सेयरको लागि आवेदन परेको छ । याे आवेदन सर्वसाधारणका लागि माग गरिएकाे भन्दा ६.४७ गुणाले धेरै हाे । 

कम्पनीले प्रतिकित्ता १०० रूपैयाँ अंकित दरमा २७ करोड ३० लाख रुपैयाँ बराबरको २७ लाख ३० हजार कित्ता साधारण सेयर आईपीओ निष्कासन गरेकाे हाे । जसमध्ये, ५ प्रतिशत अर्थात् १ लाख ३६ हजार ५ सय कित्ता म्युचुअल फण्डका लागि र २ प्रतिशत अर्थात् ५४ हजार ६ सय कित्ता सेयर कर्मचारीहरुका लागि छुट्याइएको छ । बाँकी रहेकाे २५ लाख ३८ हजार ९ सय कित्ताका लागि सर्वसाधारणले आवेदन दिन सक्नेछन् ।

लगानीकर्ताले न्युनतम १० कित्तादेखि अधिकतम एक लाख कित्ताका लागि आवेदन दिन सक्नेछन् । लगानीकर्ताले छिटाेमा जेठ ४ गतेसम्म र ढिलाेमा जेठ ११ गतेसम्म आवेदन दिन सक्नेछन् ।

त्यसैगरी, कम्पनीकाे साधारण सेयरकाे बिक्री प्रबन्धककाे काम प्रभु क्यापिटल लिमिटेडले गरेकाे छ । लगानीकर्ताहरूले नेपाल धितोपत्र बोर्डबाट सि–आस्बा सदस्यता प्राप्त गरेका सम्पूर्ण बैंक तथा वित्तीय संस्थाहरु र तिनका शाखा कार्यालयहरुबाट आवेदन दिन सक्नेछन्। त्यस्तै मेराे सेयरबाट पनि आईपीओ भर्न सकिनेछ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको