Like us!
Follow us!
Connect us!
Watch us!

चुनावपछिकाे पहिलाे काराेबार दिन : सेयर बजारमा भारी गिरावट

नेप्से

मंगलबार, ०३ जेठ २०७९, १५ : ०१ मा प्रकाशित

चुनावपछिकाे पहिलाे काराेबार दिन : सेयर बजारमा भारी गिरावट

चुनावपछिकाे पहिलाे काराेबार दिन आज (मंगलबार) सेयर बजारमा भारी गिरावट देखिएकाे छ । नेप्से परिसूचक उच्च अंकले घट्दा १३ वटै उपसमूह ओरालो लागेका छन् । 

नेपाल स्टक एक्सचेञ्जका अनुसार आज (मंगलबार) सेयर कारोबार मापक नेप्से परिसूचक ८४.९० अंकले घटेर २२६५.५२ विन्दुमा झरेकाे छ । नेप्से ३.६१ प्रतिशतले घटेकाे हो । यता सेन्सेटिभ परिसूचक पनि १४.२७ अंकले घटेर ४३९.६९ विन्दुमा झरेको छ । 

कूल २२१ वटा कम्पनीकाे ३५ लाख ९५ हजार ५ सय ६८ कित्ता सेयर खरिदबिक्री हुँदा एक अर्ब ६४ करोड ४० लाख ५० हजार २ सय ३९ रूपैयाँ बराबरको कारोबार भएकाे नेप्सेले जनाएकाे छ ।

स्टकका अनुसार कारोबार भएका कूल १३ उपसमूहमध्ये आज सबै वटा उपसमूहकाे सेयर घटेको छ ।

त्यसैगरी, मंगलबार काराेबार रकममा जाल्पा सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेडले अग्रता कायम गरेकाे छ । संस्थाकाे ९ कराेड ७९ लाख ९ हजार रूपैयाँ बराबरकाे काराेबार भएकाे छ ।

आज जम्मा ८ वटा कम्पनीकाे मूल्य बढेकाे छ । जसमध्ये ५ वटा म्यूचूअल फण्ड, एउटा डिबेञ्चर र २ वटा अन्य कम्पनीहरू छन् । सबैभन्दा धेरै सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेडकाे मूल्य ४.९६ प्रतिशतले बढेर एक हजार ३ सय ९६ रूपैयाँ पुगेकाे छ ।

यस दिन ३ कम्पनीकाे सेयरमूल्यमा नकरात्मक सर्किट लागेकाे छ । युनाइटेड इन्स्याेरेन्स, लुम्बिनी जनरल इन्स्याेरेन्स र सुर्याेदय वाेमी लघुवित्तकाे सेयरमूल्यमा नकारात्मक सर्किट लागेकाे हाे । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको