Like us!
Follow us!
Connect us!
Watch us!

बजेटमा उर्जालाई उच्च प्राथमिकता दिने घोषणासँगै हाइड्रोमा चमक, नेप्से सूचकलाई हाइड्रोकै राहत

नेप्से

बुधबार, ०४ जेठ २०७९, १५ : १७ मा प्रकाशित

बजेटमा उर्जालाई उच्च प्राथमिकता दिने घोषणासँगै हाइड्रोमा चमक, नेप्से सूचकलाई हाइड्रोकै राहत

अर्थमन्त्री जनार्दन शर्माले आगामी बजेटमा उर्जा क्षेत्रलाई उच्च प्राथमिकता दिने घाेषणा गरेका छन् । अर्थमन्त्रीकाे उक्त घाेषणासँगै दाेश्राे बजारमा हाइड्राेपावर समूहमा राैनकता छाएकाे छ । नेप्से परिसूचकलाई समेत हाइड्राेले नै राहत दिएकाे छ । बुधबार नेप्से परिसूचकमा सामान्य सुधार देखिएकाे छ ।

नेपाल स्टक एक्सचेञ्जका अनुसार आज (बुधबार) सेयर काराेबार मापक नेप्से परिसूचक ८.९० अंकले बढेर २२७४.४२ विन्दुमा पुगेकाे छ । नेप्से ०.३९ प्रतिशतले बढेकाे हाे । सेन्सेटिभ परिसूचक पनि २.४१ अंकले बढेर ४४१.०९ विन्दुमा पुगेको छ । 

कूल २२७ वटा कम्पनीकाे ३१ लाख ५६ हजार ९ सय १३ कित्ता सेयर खरिदबिक्री हुँदा एक अर्ब ३२ करोड ६३ लाख २० हजार ३ सय ४६ रूपैयाँ बराबरको कारोबार भएकाे नेप्सेले जनाएकाे छ ।

स्टकका अनुसार कारोबार भएका कूल १३ उपसमूहमध्ये आज ८ वटा उपसमूहकाे सेयर बढेको छ भने बाँकी ५ वटा उपसमूहकाे सेयर घटेकाे छ । सबैभन्दा धेरै हाइड्राेपावर उपसमूह बढेकाे छ ।

बुधबार अरूण भ्याली हाइड्राेपावर डेभलपमेन्ट कम्पनी लिमिटेडकाे सर्वाधिक काराेबार भएकाे छ । कम्पनीकाे ५ कराेड ३८ लाख ३० हजार रूपैयाँ बराबरकाे काराेबार भएकाे हाे ।

 

आज राधी विद्युत कम्पनी लिमिटेडका लगानीकर्ताहरूले सबैभन्दा धेरै कमाएका छन् । कम्पनीकाे सेयरमूल्य ६.०२ प्रतिशतले बढेर ६ सय ५२ रूपैयाँ पुगेकाे छ । राधी विद्युत कम्पनी लिमिटेडले चुक्ता पूँजी ६४ करोड ६४ लाख ४ हजार ६ सय २२ रुपैयाँको १:१४७५२ अनुपातमा ९५ लाख ३५ हजार ७ सय ६० दशमलव ९९ कित्ता  हकप्रद सेयर निष्कासन गर्न वैशाख २८ गते नियामक निकाय नेपाल धिताेपत्र बाेर्ड (सेबाेन) मा निवेदन दिएकाे छ ।

यस दिन सूर्याेदय वाेमी लघुवित्तकाे सेयरमूल्यमा नकारात्मक सर्किट लागेकाे छ । संस्थाकाे सेयरमूल्य १० प्रतिशतले घटेर प्रतिकित्ता एक हजार एक रूपैयाँ ३० पैसामा झरेकाे छ । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको