बिहीबार देशका केही स्थानमा हावाहुरीसहित वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
महाशाखाका अनुसार दिउँसो प्रदेश १, मधेश प्रदेश र बागमती लगायत अन्य प्रदेशका पहाडी भूभागका केही स्थानमा मेघ गर्जन र चट्याङ्ग हावाहुरीसहित हल्कादेखि मध्यम वर्षा हुनसक्छ । नेपालमा स्थानीय वायु, भारतको उत्तर प्रदेश आसपास रहेको न्यून चापीय रेखा र पश्चिमी वायुको प्रभाव रहेकोले वर्षा भइरहेको हो ।
राति प्रदेश १ र मधेश प्रदेशका केही स्थानमा हावाहुरीसहित हल्कादेखि मध्यम वर्षाको अनुमान गरिएको छ । भने अन्य प्रदेशका पहाडी भूभागका पनि वर्षा हुने ठानिएको छ ।
शुक्रबार प्रदेश १, मधेश प्रदेश, बागमती, गण्डकी र अन्य प्रदेशका पहाडी भूभागका धेरै स्थानमा वर्षाको सम्भावना छ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस