Like us!
Follow us!
Connect us!
Watch us!

रैराङ हाइड्रोपावरको आइपिओ बाँडफाँड, कसलाई कति पर्यो (सूचिसहित)

आइतबार, ०८ साउन २०७४, १८ : १० मा प्रकाशित

रैराङ हाइड्रोपावरको आइपिओ बाँडफाँड, कसलाई कति पर्यो  (सूचिसहित)

काठमाडौं– रैराङ हाइड्रोपावर डेभलपमेण्ट कम्पनी लिमिटेडले स्थानीयवासीको लागि निष्काशन गरेका आइपिओ बाँडफाँड गरेको छ ।

कम्पनीले जारी पूँजीकोे १० प्रतिशत रकम बराबरको ५ लाख ६० हजार कित्ता साधारण शेयर (आइपिओ) प्रभावित क्षेत्रका बासिन्दाका लागि निष्काशन गरेको थियो ।

कम्पनीले प्रत्यक्ष प्रवाभित पाँचथरको साविक थर्पु तथा ताप्लेजुङको साविक साँव्लाखुका लागि २ लाख ४० हजार कित्ता तथा दुवै जिल्लाका बाँकी गाविसका लागि ३ लाख २० हजार कित्ता शेयर निष्कासन गरेको थियो ।

दुवै जिल्ला र प्रभावित क्षेत्रका वासिन्दाले ४ हजार ९ सय ३० जना  आवेदनमार्फत २३ लाख ६८ हजार ४ सय ३० कित्ता बराबरको लागि निवेदन परेको थियो ।

 २०५९ वैशाख २ मा निजी कम्पनीका रूपमा दर्ता भएको रैराङ हाइडोपावर डेभलपमेण्ट कम्पनी २०७१ बैशाख १७ गतेदेखि पब्लिक लिमिटेड कम्पनीमा परिणत भएको थियो ।
कम्पनीले धादिङमा ५०० किलोवाट क्षमताको रैराङ जलविद्युत् आयोजना निर्माण गरी सञ्चालन गरिरहेको छ ।

कम्पनीले हाल ९.९ मेगावाट  क्षमताको इवाखोला जलविद्युत् आयोजनाको निर्माण कार्य गरिरहेको छ ।

आयोजनाले आम नेपालका लागि छिट्टै साधारण सेयर जारी गर्ने तयारी गरेको हाइड्रोपावर डेभलपमेण्ट कम्पनी लिमिटेडका सञ्चालक कुवेरमणि नेपालले बताउनुभयो । सञ्चालक नेपालको अनुसार इवाखोला जलविद्युत आयोजना निर्माण कार्यमा ५० प्रतिशत भन्दा बढी प्रगती भएको छ ।

यस कम्पनीले स्थानीय वासिन्दाहरुको लागि जेठ २५ गते देखि असार ८ गते सम्म विक्री खुल्ला गरेको थियो ।

कुल साधारण शेयरमध्ये प्रत्यक्ष प्रभावित क्षेत्र पाँचथर जिल्लाका साविक थर्पु गा.वि.स. तथा ताप्लेजुंग जिल्लाको साविक साँब्लाखु गा.वि.स. को लागि २ लाख २४ हजार कत्ता शेयर र पाँचथर र ताप्लेजुंग जिल्लाका वाँकी गा.वि.स. का स्थानीयबासीका  लागि ३ लाख ३६ हजार कित्ता शेयर स्थानिय सर्वसाधारणका लागि सार्वजनिक निष्कासन तथा विक्री खुल्ला गरेको थियो ।

प्राप्त आवेदनहरुमध्ये प्रत्यक्ष प्रभावित क्षेत्र पाँचथर जिल्लाका साविक थर्पु गा.वि.स. तथा ताप्लेजुंग जिल्लाको साविक साँब्लाखु गा.वि.स. का स्थानिय लगानीकर्ताहरु १ हजार ३५ जनाबाट ५ लाख १५हजार ६ सय ७० कित्ता शेयरको लागि र प्रभावित क्षेत्र पाँचथर तथा ताप्लेजुंग जिल्लाका अन्य स्थानिय लगानीकर्ताहरु (प्रत्यक्ष प्रभावित क्षेत्र बाहेक) ३ लाख ८ सय ९५ जनाबाट १८ लाख ५२ हजार ७ सय ६० कित्ता शेयरको लागि आवेदन प्राप्त भएको थियो ।

 प्रत्यक्ष प्रभावित क्षेत्रका स्थानिय लगानीकर्ताहरुको लागि छुट्याईएको २ लाख २४ हजार कित्ता शेयरको लागि दुई गुणा भन्दा बढि र प्रभावित क्षेत्रका स्थानिय लगानिकर्ताहरुको लागि छुट्याईएको ३ हजार ३६ हजार कित्ता शेयरको लागि पांच गुणा भन्दा बढि शेयर माग गरी आवेदन प्राप्त भएकोले दुवैलाई छुट्टाछुट्टै समूहमा राखी बाँडफाँट गरिएको छ ।

यसरी बाँडफाँड भयो सधारण सेयर

धितोपत्र निष्काशन तथा बाँडफाँट निर्देशिका, २०७४ को अधिनमा रही मिति साउन ६  गते शेयर बाँडफाँट गर्दा प्रत्यक्ष प्रभावित तर्फ ५० देखि ३ सय कित्ता शेयर माग गर्ने आवेदकहरुलाई माग बमोजिम नै जम्मा ७९ हजार १ सय १० कित्ता, ३ सय ५० देखि २ हजार ८ सय कित्ता सम्म माग गर्ने आवेदकहरुलाई ३ सय कित्ताका दरले १ लाख ४१ हजार कित्ता गरी कुल २ लाख २० हजार १ सय १० कित्ता बाँडफाँट गरिएको र बाँक रहेको ३ हजार ८ सय ९० कित्ता शेयर ३ सेय ५० देखि २ हजार ८ सय कित्ता माग गर्ने आवेदकहरुलाई गोलाप्रथाबाट न्यूनतम १० कित्ताका दरले ३ सय ८९ जना सफल आवेदकहरुलाई ३ हजार ८ सय ९० कित्ता बाँडफाँट गरिएको छ ।

प्रभावित क्षेत्र तर्फ ५० देखि ९० कित्ता शेयर माग गर्ने आवेदकहरुलाई माग बमोजिम नै जम्मा २९ हजार ७ सय कित्ता शेयर बाँडफाँट गर्ने, १०० देखि २ हजार ८ सय कित्ता सम्म माग गर्ने आवेदकहरुलाई ९० कित्ताका दरले २ लाख ९७ हजार ७ सय २० कित्ता गरी कुल ३ लाख २७ हजार ४ सय २० कित्ता बाँडफाँट  गरिएको र बाँकी रहेको ८ हजार ५ सय ८० कित्ता शेयर १०० देखि २हजार ८ सय कित्ता माग गर्ने आवेदकहरुलाई गोलाप्रथाबाट न्यूनतम १० कित्ताका दरले ८५८ जना सफल आवेदकहरुलाई ८,५८० कित्ता बाँडफाँट गरिएको छ ।
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको