Like us!
Follow us!
Connect us!
Watch us!

दाेहाेराे अंकले घट्याे सेयर बजार, मौद्रिक नीतिको समिक्षा र बजेट कुर्दै लगानीकर्ता

नेप्से

विहीबार, ०५ जेठ २०७९, १५ : १० मा प्रकाशित

दाेहाेराे अंकले घट्याे सेयर बजार, मौद्रिक नीतिको समिक्षा र बजेट कुर्दै लगानीकर्ता

आज (बिहीबार) सेयर बजारमा दाेहाेराे अंककाे गिरावट देखिएकाे छ । नेप्से परिसूचक दाेहाेराे अंकले घट्दा म्युचुअल फण्डबाहेक बाँकी सबै उपसमूह ओरालो लागेका छन् ।

यतिबेला लगानीकर्ताहरू मौद्रिक नीतिको समिक्षा र बजेट कुर्दै बसिरहेका छन् । मौद्रिक नीतिको समिक्षा र बजेटमा केही नीतिगत परिवर्तन हुनसक्ने कुराले अहिले लगानीकर्ताहरूले यही गर्ने भनेर ठाेस निर्णय लिन नसकेकाे अवस्था बजारमा देखिएकाे छ । 

नेपाल स्टक एक्सचेञ्जका अनुसार आज (बिहीबार) सेयर कारोबार मापक नेप्से परिसूचक २३.५१ अंकले घटेर २२५०.९१ विन्दुमा झरेकाे छ । नेप्से १.०३ प्रतिशतले घटेकाे हो । यता सेन्सेटिभ परिसूचक पनि ३.८८ अंकले घटेर ४३७.२१ विन्दुमा झरेको छ । 

कूल २१९ वटा कम्पनीकाे ३७ लाख ९८ हजार २ सय ६३ कित्ता सेयर खरिदबिक्री हुँदा एक अर्ब ३० करोड ९ लाख ८१ हजार ९ सय ९६ रूपैयाँ बराबरको कारोबार भएकाे नेप्सेले जनाएकाे छ ।

स्टकका अनुसार कारोबार भएका कूल १३ उपसमूहमध्ये आज म्युचुअल फण्डबाहेक सबै वटा उपसमूहकाे सेयर घटेको छ ।

त्यसैगरी, बिहीबार काराेबार रकममा प्रभु बैंककाे संस्थापक सेयरले अग्रता कायम गरेकाे छ । कम्पनीकाे १२ कराेड ८१ लाख ७९ हजार रूपैयाँ बराबरकाे काराेबार भएकाे छ ।

आज जनरल इन्स्याेरेन्स कम्पनी लिमिटेडका लगानीकर्ताहरूले सबैभन्दा धेरै नाफा कमाएका छन् । कम्पनीकाे सेयरमूल्य ७.४५ प्रतिशतले घटेर ५ सय १९ रूपैयाँ पुगेकाे छ ।

यस दिन लुम्बिनी जनरल इन्स्याेरेन्सकाे सेयरमूल्य सबैभन्दा धेरै घटेकाे छ । कम्पनीकाे सेयरमूल्य ७.०८ प्रतिशतले घटेर ५ सय २५ रूपैयाँमा झरेकाे छ ।

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको