Like us!
Follow us!
Connect us!
Watch us!

बिदामा सरकारी गाडी चलाउन नपाईने, चलाए सडकमै नियन्त्रण गर्न निर्देशन

अर्थ संसार

शुक्रबार, ०६ जेठ २०७९, ०८ : १७ मा प्रकाशित

बिदामा सरकारी गाडी चलाउन नपाईने, चलाए सडकमै नियन्त्रण गर्न निर्देशन

सार्वजनिक बिदाको दिन सरकारी सवारी साधन चलाउने लाई सडकमै कारबाही गरिने भएको छ । जिल्ला प्रशासन कार्यालय काठमाडौँले जेठ १ गते देखि सार्वजनिक बिदाको दिन काठमाडौँमा सरकारी सवारी  साधन सञ्चालनमा रोक लगाएको थियो तर प्रभावकारी कार्यान्वयन हुन नसके पछि सवारी चलाउने अनुमतिबिनाका सरकारी सवारी साधनलाई सडकमै नियन्त्रण गर्न निर्दे शन दिएको हो  ।   

जिल्ला प्रशासन कार्यालय काठमाडौँले बिहीबार जिल्लाका कार्यालय प्रमुखहरूको बैठक गरी बिदाका दिन अनुमतिबिना चलाइएका सरकारी गाडी सडकमै नियन्त्रण गर्न ट्राफिक प्रहरीलाई निर्देशन दिएको छ । जिल्ला प्रशासन कार्यालय काठमाडौँका सहायक प्रमुख जिल्ला अधिकारी दीपक पौडेलका अनुसार सार्वजनिक बिदाका दिन अत्यावश्यक काममा बाहेक सरकारी गाडी चलाउन पाइने छैन ।  उनले भने ,   “कामको प्रकृति हेरेर, कार्यालयको कामको कार्ययोजना हेरेर पासको व्यवस्था गरिएको छ, बिनापास सञ्चालन गरिए ट्राफिक प्रहरीले सडकमै नियन्त्रण गर्नेछ, कारबाही समेत हुन्छ ।” 

सरकारले सरकारी खर्च कटौतीका लागि जेठ १ गते देखि हप्ताको दुई दिन बिदा दिएको छ । पौडेलले भने ,“सरकारी खर्च कटौती,  इन्धनको बचत, सरकारी गाडीमा घुम्न गएर गाडीको दुरुपयोग गर्ने प्रवृत्ति नियन्त्रण गर्न बिदाका लिन गाडी चलाउन रोक लगाइएको  हो  ।”

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको