Like us!
Follow us!
Connect us!
Watch us!

नेपाल ल्यूब आयलको नाफामा सामान्य वृद्धि, प्रतिसेयर आम्दानी कति ?

अर्थ संसार

बुधबार, ०३ मंसिर २०८२, ०८ : ०९ मा प्रकाशित

नेपाल ल्यूब आयलको नाफामा सामान्य वृद्धि, प्रतिसेयर आम्दानी कति ?

नेपाल ल्यूब आयल लिमिटेडको नाफामा सामान्य वृद्धि भएको छ । कम्पनीले सार्वजनिक गरेको चालु आर्थिक वर्षको पहिलो त्रैमासिकसम्मको अपरिष्कृत वित्तीय विवरण अनुसार गत आवको सोही अवधिको तुलनामा नाफा सामान्य बढेको हो । 

वित्तीय विवरण अनुसार चालु आर्थिक वर्षको असोज मसान्तसम्ममा कम्पनीले ५८ लाख ६४ हजार रुपैयाँ खुद नाफा कमाएको छ । गत आर्थिक वर्षको सोही अवधिसम्ममा कम्पनीको नाफा ५५ लाख ७४ हजार रुपैयाँ रहेको थियो । यो अवधिमा कम्पनीको आम्दानी बढेसँगै खुद नाफा पनि बढेको हो । 

समीक्षा अवधिमा कम्पनीको सञ्चालन आम्दानी २६ करोड ६६ लाख रुपैयाँबाट बढेर २८ करोड ९९ लाख रुपैयाँ पुगेको छ। त्यस्तै, समीक्षा अवधिमा कम्पनीको कुल नाफा ७ करोड १५ लाख रुपैयाँबाट बढेर ७ करोड ५१ लाख रुपैयाँ पुगेको छ भने सञ्चालन मुनाफा १ करोड ३६ लाख रुपैयाँबाट बढेर १ करोड ४० लाख रुपैयाँ पुगेको छ ।

नाफा बढेपनि कम्पनीको प्रतिसेयर आम्दानी भने घटेको छ । समीक्षा अवधिमा कम्पनीको यस्तो आम्दानी ३० रुपैयाँ ६० पैसाबाट घटेर २६ रुपैयाँ ८३ पैसामा सीमित भएको छ । ८ करोड ७४ लाख रुपैयाँ चुक्ता पुँजी रहेको यस कम्पनीको रिटेन्ड अर्निङ्ग २८ करोड ४ लाख रुपैयाँ रहेको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Whatsapp Prabhu Bank

ताजा समाचार

छुटाउनुभयो कि?

Viber

सम्बन्धित खबर

धेरै पढिएको