Like us!
Follow us!
Connect us!
Watch us!

नेप्से घट्दा एक अर्ब पनि पुगेन काराेबार रकम : पर्ख र हेरको अवस्थामा लगानीकर्ता

नेप्से

शुक्रबार, ०६ जेठ २०७९, १५ : ०५ मा प्रकाशित

नेप्से घट्दा एक अर्ब पनि पुगेन काराेबार रकम : पर्ख र हेरको अवस्थामा लगानीकर्ता

साताकाे अन्तिम काराेबार दिन आज (शुक्रबार) पनि सेयर बजारको ओरालो यात्रामा निरन्तरता देखिएकाे छ । यतिबेला लगानीकर्ताहरू पर्ख र हेरको अवस्थामा देखिएका छन् । लगानीकर्ताहरू मौद्रिक नीतिको समिक्षा र बजेट कुर्दै बसिरहेका छन् । मौद्रिक नीतिको समिक्षा र बजेटमा केही नीतिगत परिवर्तन हुनसक्ने कुराले अहिले लगानीकर्ताहरूले यही गर्ने भनेर ठाेस निर्णय लिन नसकेकाे अवस्था बजारमा देखिएकाे छ । 

नेपाल स्टक एक्सचेञ्जका अनुसार आज (शुक्रबार) सेयर कारोबार मापक नेप्से परिसूचक १५.८२ अंकले घटेर २२३५.०९ विन्दुमा झरेकाे छ । नेप्से ०.७० प्रतिशतले घटेकाे हो । यता सेन्सेटिभ परिसूचक पनि २.४७ अंकले घटेर ४३४.७३ विन्दुमा झरेको छ । 

कूल २२३ वटा कम्पनीकाे २५ लाख २४ हजार २ सय ६८ कित्ता सेयर खरिदबिक्री हुँदा ९३ करोड २२ लाख ६ हजार ८४ रूपैयाँ बराबरको कारोबार भएकाे नेप्सेले जनाएकाे छ ।

स्टकका अनुसार कारोबार भएका कूल १३ उपसमूहमध्ये आज म्युचुअल फण्डबाहेक सबै वटा उपसमूहकाे सेयर घटेको छ ।

त्यसैगरी, शुक्रबार काराेबार रकममा अरूण काबेलीले अग्रता कायम गरेकाे छ । कम्पनीकाे ३ कराेड २ लाख ४५ हजार रूपैयाँ बराबरकाे काराेबार भएकाे छ ।

आज सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेडका लगानीकर्ताहरूले सबैभन्दा धेरै नाफा कमाएका छन् । संस्थाकाे सेयरमूल्य २.७३ प्रतिशतले बढेर एक हजार ४ सय ६९ रूपैयाँ पुगेकाे छ ।

यस दिन तेह्थुम पावरकाे सेयरमूल्य सबैभन्दा धेरै घटेकाे छ । कम्पनीकाे सेयरमूल्य ४.९४ प्रतिशतले घटेर ४ सय ६० रूपैयाँमा झरेकाे छ ।

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको