Like us!
Follow us!
Connect us!
Watch us!

आजको मौसम : यी स्थानमा चट्याङसहित वर्षाको सम्भावना

अर्थ संसार

शनिबार, ०७ जेठ २०७९, १० : ३३ मा प्रकाशित

आजको मौसम : यी स्थानमा चट्याङसहित वर्षाको सम्भावना

हाल नेपालमा स्थानीय वायु, भारतको बिहार आसपास रहेको न्यून चापीय प्रणाली र पश्चिमी वायुको प्रभाव रहेको छ। देशका पहाडी भू-भागहरूमा आंशिक देखि सामान्य बदलीको अवस्था रहेको छ । सुदूर पश्चिम प्रदेश, कर्णाली प्रदेश, गण्डकी प्रदेश र बागमती प्रदेशका थोरै स्थानमा हल्का वर्षा भइरहेको छ ।

शनिबार प्रदेश १, बागमती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश र कर्णाली प्रदेशमा आंशिक देखि सामान्य बदली रही बाँकी भू-भागमा आंशिक बदली रहनेछ। प्रदेश १, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका केही र अन्य प्रदेशहरूका थोरै स्थानमा मेघ गर्जन / चट्याङसहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

आइतबार  देशभर आंशिक देखि सामान्य बदली रहनेछ। प्रदेशका पहाडी भू-भागका केही स्थानमा मेघ गर्जन / चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ। प्रदेश १ र मधेस प्रदेश केही स्थानहरू र बाँकी प्रदेशहरूका थोरै स्थानहरूमा मेघ गर्जन / चट्याङ र हावा हुरी सहित हल्का देखि मध्यम वर्षाको पनि सम्भावना रहेको छ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको