Like us!
Follow us!
Connect us!
Watch us!

‘बलात्कारीलाई कार्बाहीको कानून संशोधन चालू अधिवेशनमै’

अर्थ संसार

मंगलबार, १० जेठ २०७९, ०६ : ३३ मा प्रकाशित

‘बलात्कारीलाई कार्बाहीको कानून संशोधन चालू अधिवेशनमै’

महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री उमा रेग्मीले बलात्कार गर्नेलाई कानूनी कार्बाहीको प्रक्रियामा ल्याउन कानून संशोधन गर्न चालू अधिवेशनमा सरकारी विधेयक संसद्मा पेश गर्न पहल गर्ने प्रतिबद्धता जनाएकी छन् ।

प्रतिनिधिसभा, महिला तथा सामाजिक समितिको आजको बैठकमा मन्त्री रेग्मीले आफ्नो पहल सफल नभए दबाबका लागि सबै महिलाको सहयोग माग्ने बताइन् । ‘यौन हिंसा÷दुव्र्यवहारसम्बन्धी विद्यमान हदम्यादको व्यवस्था’ छलफल गर्ने विषयमा समितिमा भएको बैठकमा मन्त्री रेग्मीले बलात्कारका विषयमा उजुरी गर्न हदम्याद राख्न नहुने बताइन् ।

“यस विषयमा छलफल गर्न मन्त्रालयमा बैठक डाकेकी छु, मन्त्रालयमा छलफल गरी कानून मन्त्रालय एवं सरोकार भएका निकायको रायसुझावका आधारमा कानून संशोधनको प्रक्रिया अघि बढ्छ”, उनले भनिन् ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको