Like us!
Follow us!
Connect us!
Watch us!

आजैदेखि लागू हुनेगरी बागमती प्रदेशमा घट्यो सार्वजनिक यातायातको भाडादर (सूचीसहित)

अर्थ संसार

विहीबार, ११ साउन २०८०, १५ : ४७ मा प्रकाशित

आजैदेखि लागू हुनेगरी बागमती प्रदेशमा घट्यो सार्वजनिक यातायातको भाडादर (सूचीसहित)

बागमती प्रदेशमा आज (बिहीबार)देखि लागुहुने गरी सार्वजनिक यातायातको भाडादर घटेको छ ।

यसअघि बागमती प्रदेशले जेठ ११ मा गाडी भाडादर समायोजन गरेको थियो । नेपाल आयल निगमले साउन १ मा इन्धनको मूल्यमा स्वचालित प्रणाली लागू गरेपछि बागमती प्रदेशले फेरि गाडी भाडादर समायोजन गरेको हो । 

बागमती प्रदेश अन्तर्गत श्रम, रोजगार तथा यातायात मन्त्रालयले बिहीबार जारी गरेको प्रदेश राजपत्र अनुसार काठमाडौं उपत्यकामा ५ किलोमिटरसम्म यात्रा गर्दा यात्रुवाहक सार्वजनिक सवारीमा १८ रुपैयाँ, १० किलोमिटरसम्म यात्रा गर्दा २४ रुपैयाँ, १५ किलोमिटरसम्म यात्रा गर्दा २९ रुपैयाँ, २० किलोमिटरसम्म यात्रा गर्दा ३२ र २० किलोमिटर भन्दाबढी ३७ रुपैयाँ भाडा लाग्ने छ । उक्त भाडादरमा १५ केजीसम्म यात्रुलै निःशुल्क सरसामान बोक्न पाउनेछन् भने त्यसभन्दा माथि १० केजीसम्म प्रतिकेजी ५ रुपैयाँको दरले भाडा लाग्ने राजपत्रमा उल्लेख छ ।

त्यस्तै उपत्यका बाहिर चल्ने लामो रुटको यात्रुबाहक सवारीमा २ दशमलव ३० प्रतिशत, मालबाहक सवारी साधन (ट्रक) मा ३ दशमलव १ प्रतिशत भाडा घटेको छ । मालबाहक सवारीमा प्रतिकिमिप्रतिटनको भाडा १४ रुपैयाँ १९ पैसा घटेको छ । जस अनुसार अबको भाडा १३ रुपैयाँ ७४ पैसा लाग्ने छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको