Like us!
Follow us!
Connect us!
Watch us!

उपत्यकामा चल्ने सवारी साधनको भाडा दर घट्यो

अर्थ संसार

विहीबार, ११ जेठ २०८०, १४ : २६ मा प्रकाशित

उपत्यकामा चल्ने सवारी साधनको भाडा दर घट्यो

बागमती प्रदेश श्रम, रोजगार तथा यातायात मन्त्रालयले उपत्यकामा चल्ने सवारी साधनको भाडा दर घटाएको छ । पेट्रोलियम पदार्थको मूल्य घटेपछि सङ्घीय सरकारले अन्तर प्रदेश चल्ने सार्वजनिक सवारीको भाडा दर घटाएको एक सातापछि प्रदेश सरकारले उपत्यकाको पनि भाडा समयोजन गरेको हो ।

हिजो (बुधबार) बसेको भाडा निर्धारण/समायोजन सिफारिस समितिको बैठकले नयाँ भाडादर समायोजन गर्ने निर्णय गरेको हो ।

अब काठमाडौं उपत्यकाभित्र सञ्चालन हुने सिटी बसमा ५ दशमलव ९ प्रतिशत, बागमती प्रदेशभित्र अन्तर पालिका चल्ने मालवाहक सवारी साधनमा ५ दशमलव ६९ र यात्रुवाहक बसमा ४ दशमलव १८ प्रतिशतले भाडा कायम हुनेछ । नयाँ भाडादर राजपत्रमा प्रकाशित भएपछि मात्रै लागू हुनेछ ।-File Photo

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको