Like us!
Follow us!
Connect us!
Watch us!

नेप्से उकालाे यात्रामा, सर्वाधिक बढ्नेमा हाइड्राेपावर समूह

नेप्से

मंगलबार, १० जेठ २०७९, १५ : ०३ मा प्रकाशित

नेप्से उकालाे यात्रामा, सर्वाधिक बढ्नेमा हाइड्राेपावर समूह

आज (मंगलबार) सेयर बजार उकालाे यात्रामा देखिएकाे छ । नेप्से परिसूचक दाेहाेराे अंकले बढ्दा काराेबार भएका १३ उपसमूहमध्ये ११ वटा उपसमूह बढेका छन् । सबैभन्दा धेरै हाइड्राेपावर समूह बढेकाे छ । 

नेपाल स्टक एक्सचेञ्जका अनुसार आज (मंगलबार) सेयर कारोबार मापक नेप्से परिसूचक १६.३२ अंकले बढेर २२१७.१९ विन्दुमा पुगेकाे छ । नेप्से ०.७४ प्रतिशतले बढेकाे हो । सेन्सेटिभ परिसूचक पनि ३.६२ अंकले बढेर ४३२.६७ विन्दुमा पुगेको छ । 

कूल २२४ वटा कम्पनीकाे ३१ लाख ७ सय ३० कित्ता सेयर खरिदबिक्री हुँदा एक अर्ब ८ करोड ८८ लाख ३३ हजार ५ सय ४२ रूपैयाँ बराबरको कारोबार भएकाे नेप्सेले जनाएकाे छ ।

स्टकका अनुसार कारोबार भएका कूल १३ उपसमूहमध्ये आज ११ वटा उपसमूहकाे सेयर बढेको छ । सबैभन्दा धेरै हाइड्राेपावर समूह बढेकाे छ । बाँकी २ वटा उपसमूह भने घटेका छन् । व्यापार र म्युचुअल फण्ड घटेकाे हाे ।

मंगलबार एनआईसी एशिया लघुवित्त वित्तीय संस्था लिमिटेडकाे संस्थापक सेयरकाे सर्वाधिक काराेबार भएकाे छ । संस्थाकाे संस्थापक समूहकाे ४ कराेड ८४ लाख ८० हजार रूपैयाँ बराबरकाे काराेबार भएकाे हाे ।

यस दिन लक्ष्मी लघुवित्त वित्तीय संस्था लिमिटेडकाे सेयरमूल्य सबैभन्दा धेरै बढेकाे छ । संस्थाकाे सेयरमूल्य ५.९५ प्रतिशतले बढेर एक हजार ३ सय १६ रूपैयाँ बराबरकाे काराेबार भएकाे छ ।

आज कर्पाेरेट डेभलपमेन्ट बैंककाे सेयरमूल्यमा नकारात्मक सर्किट लागेकाे छ । बैंककाे सेयरमूल्य १० प्रतिशतले घटेर ४ सय २२ रूपैयाँ १० पैसामा झरेकाे छ । 

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको