Like us!
Follow us!
Connect us!
Watch us!

आयात प्रतिबन्धको सकारात्मक असरः एक महिनामै २० अर्बले घट्यो आयात

पत्रपत्रिका

बुधबार, ११ जेठ २०७९, ०७ : ४४ मा प्रकाशित

आयात प्रतिबन्धको सकारात्मक असरः एक महिनामै २० अर्बले घट्यो आयात

उच्च आयातका कारण विदेशी मुद्रा सञ्चितिमा चाप परेको भन्दै केही वस्तुको आयातमा लगाइएको प्रतिबन्धको सकारात्मक असर देखिन थालेको छ । आयात प्रतिबन्धको यो नीतिले निरन्तर बढिरहेको  आयात वृद्धिदरमा 'बे्रक’ लागेको छ । 

भन्सार विभागले मङ्गलबार सार्वजनिक गरेको चालू आर्थिक वर्षको १० महिनासम्मको तथ्याङ्कअनुसार वैशाखमा आयात २० अर्ब रुपियाँले घटेको छ । वैशाखमा एक खर्ब ३७ अर्ब ९९ करोड रुपियाँको वस्तु आयात भएको छ । त्यसअघि चैतमा एक खर्ब ५७ अर्ब ९२ करोड रुपियाँको वस्तु आयात भएको थियो । चैतको तुलनामा वैशाखमा करिब २० अर्ब रुपियाँ बराबरको आयात कम देखिएको हो । गत फागुनको तुलनामा चैतमा तीन अर्ब ३४ करोड रुपियाँले आयात घटेको थियो ।

भुक्तानी सन्तुलनमा दबाब परेपछि सरकारले पुसदेखि नै आयातमा कडाइको नीति लिँदै आएको छ । पुसको पहिलो हप्ता ४७ वस्तुको आयातमा ५० र शतप्रतिशत मार्जिन राख्नुपर्ने व्यवस्था लागू गरिएको  थियो । त्यस्तै वैशाख दोस्रो हप्ता सरकारले राजपत्रमा सूची प्रकाशित गर्दै विभिन्न दसवटा वस्तुको आयातमा बन्देज लगाएको थियो ।

आगामी असारसम्म लागू हुनेगरी कुरकुरे, कुरमुरे, लेजजस्ता उत्पादन, सबै प्रकारका तयारी मदिरा, चुरोट तथा सुर्तीजन्य वस्तु, हीरा(औद्योगिक कच्चा पदार्थ बाहेक), छ सय डलरभन्दा बढी मूल्यका मोबाइल सेट, ३२ इन्च माथिका रङ्गिन टेलिभिजनको आयातमा प्रतिबन्ध लगाइएको थियो । त्यस्तै जिप, कार र भ्यान (एम्बुलेन्स र शव वाहनबाहेक),  २५० सीसीभन्दा माथिका मोटरसाइकल, सबै प्रकारका खेलौना र खेल्ने तास पनि असारसम्म आयात गर्न बन्देज लगाइएको छ ।

गोरखापत्र दैनिकमा समाचार छ । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको