Like us!
Follow us!
Connect us!
Watch us!

भायानेटका ग्राहकले अब २०० एमबीपीएस इन्टरनेट मात्र ९९९ मा पाउने

अर्थ संसार

बुधबार, ११ जेठ २०७९, १३ : ०३ मा प्रकाशित

भायानेटका ग्राहकले अब २०० एमबीपीएस इन्टरनेट मात्र ९९९ मा पाउने

नेपालको अग्रणी इन्टरनेट सेवा प्रदायक मध्येको एक भायानेट कम्युनिकेसनले आफ्ना विद्यमान अल्ट्रा-फाई लाईनका प्रोडक्टहरुमा आकर्षक परिमार्जन ल्याएको छ । आफ्ना ग्राहकहरूको बढ्दो आवश्यकतालाई हेरेर उच्च गतिर उच्च-गुणस्तरको इन्टरनेट सेवाहरू प्रदान गर्ने उद्देश्यले जारी गरिएका अल्ट्रा-फाई लाइनअपहरू अब अझै आकर्षक मूल्यमा आउने भएको हो।

भायानेटका ग्राहकहरूले अब २०० एमबीपीएस को इन्टरनेट प्याकेजको वार्षिक सदस्यता मात्र रु. ९९९ प्रति महिनाको मूल्यमा पाउनेछन् । १७५+ लाइभ टिभी च्यानलहरूको फाइदा लिन चाहने ग्राहकहरूले सोही योजनाको भायाटिभी सहितको बन्डल पनि मात्र रु. ११०० प्रति महिनाको वार्षिक सदस्यतामा लिन सक्नेछन् । यी दुवै योजनाहरूमा मात्र रु.५०० थपी इअल ब्याण्ड राउटर, निःशुल्क जडान र प्रथम सेट टप बक्स प्राप्त गर्न सकिनेछ। यो प्याकेज मार्फत भायानेटले बिनाटिभी उच्च गुणस्तरको इन्टरनेट खोज्ने र आफ्नो इन्टरनेटको साथमा अत्याधुनिक आइपिटिभी सेवा चाहने दुवै वर्गका ग्राहकहरूको आवश्यकता पुरा गर्ने लक्ष्य राखेको छ।

त्यस्तै अझ बढी स्पिड र थप टिभी सब्स्क्रिब्सन लिन चाहने ग्राहकहरुका लागि भने कम्पनीले दुई ओटा भायाटिभी सहित २५० एमबीपीएस र तिन ओटा भायाटिभी सहित ३०० एमबीपीएस वार्षिक सदस्यता क्रमशः रु. १२५० प्रति महिना र १५०० प्रति महिनाको आकर्षक मूल्यमा पाउने व्यवस्था गरेको छ।

कम्पनीले आफ्ना विद्यमान अल्ट्रा-फाइ ग्राहकहरूको अल्ट्रा-फाइ योजनाहरूमा पनि कम्पनीको पोलिसी अनुसार अपग्रेड गरिसकेको छ।
यी परिमार्जनहरूसँगै भायानेटले अल्ट्रा-फाइलाई बजारमा उपलब्ध सबैभन्दा आकर्षक इन्टरनेट योजनाहरूमध्ये एक बनाउने लक्ष्य राखेको छ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

Garima Capital

धेरै पढिएको