Like us!
Follow us!
Connect us!
Watch us!

नीति तथा कार्यक्रममा पूँजी बजार समेटिएपछि सकारात्मक बन्दै नेप्से

नेप्से

बुधबार, ११ जेठ २०७९, १५ : ०१ मा प्रकाशित

नीति तथा कार्यक्रममा पूँजी बजार समेटिएपछि सकारात्मक बन्दै नेप्से

आज (बुधबार) सेयर बजार दाेहाेराे अंकले बढेकाे छ । नेप्से परिसूचक दाेहाेराे अंकले बढ्दा काराेबार भएका १३ वटै उपसमूह उकालाे लागेका छन् ।

सरकारले हिजाे आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गरेकाे छ । संघीय संसद भवन नयाँ बानेश्वरबाट नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति विद्यादेवी भण्डारीले पूँजी बजारलाई उत्पादनमूलक उद्याेगसँग जाेडिने बताएकी छिन् । उनले लगानीकर्ताको आकर्षण वृद्धि गर्न र पूँजी बजारकाे विकास र विस्तार गर्नका लागि यसलाई उत्पादनमूलक उद्याेगसँग जाेड्ने बताएकी हुन् । यसका साथै, नीति तथा कार्यक्रम प्रस्तुत गर्ने क्रममा उनले पूँजी बजारका नियामक निकायहरूलाई सबल पारिने बताइएकाे छ । नीति तथा कार्यक्रममा पूँजी बजार समेटिएपछि नेप्से पनि सकारात्मक बनेकाे देखिएकाे छ ।  

नेपाल स्टक एक्सचेञ्जका अनुसार आज (बुधबार) सेयर कारोबार मापक नेप्से परिसूचक १४.३७ अंकले बढेर २२३१.५७ विन्दुमा पुगेकाे छ । नेप्से ०.६५ प्रतिशतले बढेकाे हो । सेन्सेटिभ परिसूचक पनि २.४२ अंकले बढेर ४३५.०९ विन्दुमा पुगेको छ । 

कूल २२६ वटा कम्पनीकाे २६ लाख ९४ हजार ४ सय २९ कित्ता सेयर खरिदबिक्री हुँदा एक अर्ब ४ करोड ४६ लाख २६ हजार ९ सय ३९ रूपैयाँ बराबरको कारोबार भएकाे नेप्सेले जनाएकाे छ ।

स्टकका अनुसार कारोबार भएका कूल १३ उपसमूहमध्ये आज सबै उपसमूहकाे सेयर बढेको छ । सबैभन्दा धेरै व्यापार समूह बढेकाे छ ।

बुधबार अपर तामाकाेशीकाे सर्वाधिक काराेबार भएकाे छ । कम्पनीकाे ८ कराेड ३४ लाख ८ हजार रूपैयाँ बराबरकाे काराेबार भएकाे हाे ।

यस दिन बलेफी हाइड्राेपावर कम्पनी लिमिटेडकाे सेयरमूल्य सबैभन्दा धेरै बढेकाे छ । कम्पनीकाे सेयरमूल्य ५.९२ प्रतिशतले बढेर एक सय १० रूपैयाँ ९० पैसा पुगेकाे छ ।

आज कर्पाेरेट डेभलपमेन्ट बैंककाे सेयरमूल्य सबैभन्दा धेरै घटेकाे छ । बैंककाे सेयरमूल्य ७.१३ प्रतिशतले घटेर ३ सय ९२ पैसामा झरेकाे छ । 

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको