Like us!
Follow us!
Connect us!
Watch us!

बोनसमा लाग्ने कर तिर्न गरिमा विकास बैंकको आग्रह, कर नतिरे बोनस नपाईने

अर्थ संसार

विहीबार, १२ जेठ २०७९, ०७ : ५३ मा प्रकाशित

बोनसमा लाग्ने कर तिर्न गरिमा विकास बैंकको आग्रह, कर नतिरे बोनस नपाईने

गरिमा विकास बैंक लिमिटेडले​ आफ्ना सेयरधनीलाई बोनस सेयरमा लाग्ने कर बापतको रकम जम्मा गर्न सूचना मार्फत जानकारी गराएको छ ।  

बैंकको चैत्र १२ गते सम्पन्न भएको १५ औँ वार्षिक साधारण सभाबाट आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट सेयरधनीहरूलाई १६ प्रतिशत बोनस सेयर पारित गरिएको थियो साविकको सहारा विकास बैंक लिमिटेडलाई प्राप्ति गरी गरिमा विकास बैंक लिमिटेडको नामबाट एकिकृत कारोवार भएको मिति २०७८/०७/२८ गते पश्चात् शेयर खरीद गरेका शेयरधनीहरुको हकमा सो थप शेयरमा प्रचलित आयकर ऐन, २०५८ को दफा ४७(क) अन्तर्गतको व्यवस्था बमोजिम कर लाग्ने र सो कर वापतको रकम शेयरधनी स्ववले नै तिर्नुपर्ने भएकाले उक्त थप शेयरबाट आर्जित बोनस शेयरमा लाग्ने कर बापतको रकम कर रकम भुक्तनी गरे पश्चात् सेयरधनीहरूको हितग्राही खातामा जम्मा गरिने बैंकले जानकारी गराएको छ ।

बोनस शेयरको कर वापतको रकम जम्मा गर्ने बैंकको विवरण: बैंकको नाम गरिमा विकास बैंक लिमिटेड, लाजिम्पाट, काठमाण्डी। खातान. 04000101013893000001 खाताका नाम: NIBLACE Capital - GBBL Bonus Tax 2077-078 कर वापतको रकम बैंकमा जम्मा गर्दा भौचरमा आफ्नो हितग्राही खाता नं., नाम तथा मोबाइल नम्बर समेत अनिवार्य रुपमा उल्लेख गर्न सूचनामा भनिएकाे छ ।

आफूले प्राप्त गर्ने बोनस शेयरमा लाग्ने करको विवरण विकास बैंकको वेबसाईट www.garimabank.com.np अथवा शेयर रजिष्ट्रार एनआईबिएल एस क्यापिटल लिमिटेडको वेबसाईट www.niblcapital.com मा गई हेर्न भनिएकाे छ ।

बैंकले प्रकाशन गरेको सूचनाः

628ee26e6d4f9.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको