Like us!
Follow us!
Connect us!
Watch us!

नेप्सेमा सुधार : सम्हालिने प्रयास गर्दै सेयर बजार

नेप्से

विहीबार, १२ जेठ २०७९, १५ : ०२ मा प्रकाशित

नेप्सेमा सुधार : सम्हालिने प्रयास गर्दै सेयर बजार

सेयर बजार सम्हालिने प्रयास गर्दैछ । लगातार तेश्राे दिन आज पनि नेप्से हरियाे भएर बन्द भएकाे छ । सेयर बजारमा बिस्तारै सुधारकाे संकेत देखिएकाे छ ।

नेपाल स्टक एक्सचेञ्जका अनुसार आज (बिहीबार) सेयर कारोबार मापक नेप्से परिसूचक ८.०३ अंकले बढेर २२३९.६० विन्दुमा पुगेकाे छ । नेप्से ०.३६ अंकले बढेकाे हाे । यस्तै, सेन्सेटिभ परिसूचक भने १.३९ अंकले बढेर ४३६.४७ विन्दुमा पुगेकाे छ ।

कूल २२२ वटा कम्पनीकाे २३ लाख २४ हजार ६ सय ६५ कित्ता सेयर खरिदबिक्री हुँदा ८ अर्ब ८९ करोड ८३ लाख ४ हजार ९ सय ९ रूपैयाँ बराबरको कारोबार भएकाे नेप्सेले जनाएकाे छ ।

स्टकका अनुसार काराेबार भएका १३ उपसमूहमध्ये ५ वटा उपसमूहकाे सेयर घटेकाे छ भने बाँकी ८ वटा उपसमूहकाे सेयर घटेकाे छ । 

त्यसैगरी, बिहीबार काराेबारमा मेगा बैंक लिमिटेड अब्बल रहेकाे छ । बैंककाे ५ कराेड ४२ लाख १४ हजार रूपैयाँ बराबरकाे काराेबार भएकाे छ । 

आज मेगा बैंक लिमिटेडकाे सेयरमूल्यमा सकारात्मक सर्किट लागेकाे छ । बैंककाे सेयरमूल्य १० प्रतिशतले बढेर २ सय ४७ रूपैयाँ ५० पैसा कायम भएकाे छ ।

यस दिन गुराँस लघुवित्त वित्तीय संस्था लिमिटेडकाे सेयरमूल्य सबैभन्दा धेरै घटेकाे छ । कम्पनीकाे सेयरमूल्य ५.४७ प्रतिशतले घटेर एक हजार एक सय ५ रूपैयाँमा झरेकाे छ ।

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको