Like us!
Follow us!
Connect us!
Watch us!

दाेहाेराे अंकले घट्याे सेयर बजार, बजेट कुर्दै लगानीकर्ता

नेप्से

शुक्रबार, १३ जेठ २०७९, १५ : १४ मा प्रकाशित

दाेहाेराे अंकले घट्याे सेयर बजार, बजेट कुर्दै लगानीकर्ता

आज (बिहीबार) सेयर बजारमा दाेहाेराे अंककाे गिरावट देखिएकाे छ । नेप्से परिसूचक दाेहाेराे अंकले घट्दा हाेटल तथा पर्यटन बाहेक बाँकी सबै उपसमूह ओरालो लागेका छन् ।

नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्ष २०७८/७९ को मौद्रिक नीतिको तेश्राे त्रैमासिक समीक्षा आज (जेठ १३ गते, शुक्रबार) सार्वजनिक गरेको छ । मौद्रिक नीतिको समिक्षामा कुनैपनि नीतिगत हेरफेर भएकाे छैन । यसअघिका अर्धवार्षिक नीतिहरूलाई निरन्तरता दिइएकाे छ । 

अब  मौद्रिक नीतिको समिक्षापछि यतिबेला लगानीकर्ताहरू बजेट कुर्दै बसिरहेका छन् । मौद्रिक नीतिको समिक्षामा त केही नीतिगत परिवर्तन भएन अब बजेटमा केही नीतिगत परिवर्तन हुनसक्ने कुराले अहिले लगानीकर्ताहरूले यही गर्ने भनेर ठाेस निर्णय लिन सकेका छैनन् । 

नेपाल स्टक एक्सचेञ्जका अनुसार आज (बिहीबार) सेयर कारोबार मापक नेप्से परिसूचक १५.८२ अंकले घटेर २२२३.७८ विन्दुमा झरेकाे छ । नेप्से ०.७१ प्रतिशतले घटेकाे हो । यता सेन्सेटिभ परिसूचक पनि ३.४० अंकले घटेर ४३३.०७ विन्दुमा झरेको छ । 

कूल २२३ वटा कम्पनीकाे ४१ लाख ४० हजार ६ सय ६५ कित्ता सेयर खरिदबिक्री हुँदा एक अर्ब २९ करोड ८९ लाख ५ हजार ५ सय ९० रूपैयाँ बराबरको कारोबार भएकाे नेप्सेले जनाएकाे छ ।

स्टकका अनुसार कारोबार भएका कूल १३ उपसमूहमध्ये आज हाेटल तथा पर्यटनबाहेक सबै वटा उपसमूहकाे सेयर घटेको छ ।

त्यसैगरी, बिहीबार काराेबार रकममा प्रभु बैंककाे संस्थापक सेयरले अग्रता कायम गरेकाे छ । कम्पनीकाे १७ कराेड ६० लाख ७५ हजार रूपैयाँ बराबरकाे काराेबार भएकाे छ ।

आज रूरू जलविद्युत परियाेजना कम्पनी लिमिटेडका लगानीकर्ताहरूले सबैभन्दा धेरै नाफा कमाएका छन् । कम्पनीकाे सेयरमूल्य ६.१३ प्रतिशतले बढेर ९ सय रूपैयाँ पुगेकाे छ ।

यस दिन राष्ट्रिय बीमा कम्पनीकाे संस्थापक सेयरमूल्य सबैभन्दा धेरै घटेकाे छ । कम्पनीकाे संस्थापक  सेयरमूल्य ३.८९ प्रतिशतले घटेर १३ हजार ८ सय ८८ रूपैयाँमा झरेकाे छ । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको