Like us!
Follow us!
Connect us!
Watch us!

कसरी घटाउने फोटोकाे साइज ?

अर्थ संसार

शुक्रबार, १३ जेठ २०७९, १७ : २९ मा प्रकाशित

कसरी घटाउने फोटोकाे साइज ?

आज भोलि हामीले फोन खरिद गर्दा सुरुमै फोटोको क्वालिटी कस्तो छ र कति राम्रो फोटो खिच्छ हेर्छौ । सम्झना कैद गर्न होस् या अन्य कुरा क्यामेरा त आवश्यक नै रहन्छ। 

 प्रायः सबै फोनहरुमा क्यामेरा गुणस्तरिय हुन्छ । यस्ता किसिमका क्यामेरा भएका फोनहरुबाट फोटो लिँदा प्रायः फोटोको साइज बढी हुन आउँछ । 

क्यामेराबाट लिने फोटोहरु अन्य प्रयोजनका लागि प्रयोग गर्दा जति ठूलो फोटोको साइज हुन्छ त्यति राम्रो देखिन्छ तर त्यसरी लिइएका फोटोलाई डकुमेन्ट बनाएर अपलोड गर्ने ठाउँमा अपलोड गर्दा उक्त फोटोको साइज बढी भई सिस्टममा फोटो अपलोड हुन सक्दैन।

यो कुरा तपाईंले कोभिडको क्यू आरसहितको भेरीफिकेशनलाई आवेदन दिँदा समस्या भोग्नुपरेको थियो होला। प्रायः हामीले आज भोलिका फोनहरुबाट लिने फोटो २ एमबी भन्दा बढी साइजको हुन्छ तर आवेदनमा भने २५० केबी वा ५०० केबी साइजसम्मको फोटो सपोर्ट गर्ने गर्दछ । 

ठूलो साइज भएको फोटोलाई आवश्यक केबी मा लैजान तपाईंले इन्टरनेटमा फोटो कम्प्रेसन टुलको प्रयोग गर्न सक्नुहुन्छ । कम्प्रेसन टुल प्रयोग गर्दा तपाईंले विश्वसनीय छ कि छैन भन्ने कुरा परीक्षण गर्नुपर्छ । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

Garima Capital

धेरै पढिएको