Like us!
Follow us!
Connect us!
Watch us!

मस्कका अहिलेसम्म सार्वजनिक नभएका तस्विरलाई प्रेमिकाले राखिन लिलामीमा

अर्थ संसार

बुधबार, ०८ भदौ २०७९, १३ : १९ मा प्रकाशित

मस्कका अहिलेसम्म सार्वजनिक नभएका तस्विरलाई प्रेमिकाले राखिन लिलामीमा

एलन मस्कको कलेजका दिनका तस्बिरहरू उनकी पूर्व प्रेमिका जेनिफर ग्विनले लिलामीको लागि राखेकी छिन् । सन् १९९४ मा टेस्ला प्रमुखसँगको उनको सम्बन्धको सम्झनालाई उनले लिलामीमा राखेकी हुन् । त्यतिबेला उनीहरू २० को दशकमा थिए र युनिभर्सिटी अफ पेन्सिल्भेनियामा पढ्दै थिए । इन्डिपेन्डेन्टको रिपोर्ट अनुसार सुश्री ग्विनले आफ्नो सौतेनी छोराको शिक्षाको लागि रकम जुटाउन फोटोहरू लिलामी गर्दैछिन् ।

मस्कसँग उनको सम्बन्ध एक वर्षसम्म चलेकोे थियो । ४८ वर्षकी ग्विन संयुक्त राज्य अमेरिकाको साउथ क्यारोलिनामा बस्छिन् । उनले लिलामीका लागि राखेका तस्विरहरूमा मस्क विश्वविद्यालय क्याम्पसको वरिपरि रमाइलो गर्दै साथीहरूसँग कोठामा सुतेको र कम्प्युटरमा काम गरिरहेको देखाइएको छ ।

यी तस्बिरहरू आरआर लिलामीद्वारा अनलाइन राखिएका छन्, जसमध्ये अधिकांशको न्यूनतम कबोल १०० बाट सुरु हुन्छ ।
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

farkera na aau
Provident Merchant Banking

धेरै पढिएको