Like us!
Follow us!
Connect us!
Watch us!

नेप्सेमा ५ कम्पनीकाे सेयर सूचिकृत, कुनकाे कति ?

नेप्से

शनिबार, १४ जेठ २०७९, ०७ : २६ मा प्रकाशित

नेप्सेमा ५ कम्पनीकाे सेयर सूचिकृत, कुनकाे कति ?

धिताेपत्र दाेश्राे बजार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा यस साता विभिन्न ५ कम्पनीकाे सेयर सूचिकृत भएकाे छ । जसमध्ये, ३ कम्पनीकाे बाेनस सेयर र २ कम्पनीकाे आईपीओ रहेकाे छ ।

१) उपकार लघुवित्त वित्तीय संस्था लिमिटेड

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा जेठ १२ गते, बिहीबार उपकार लघुवित्त वित्तीय संस्था लिमिटेडले सर्वसाधारणका लागि निष्कासन गरेको साधारण सेयर (आईपीओ) भएकाे हाे । 

स्टकका अनुसार संस्थाकाे ६ लाख ५६ हजार २ सय ५० कित्ता साधारण सेयर (आईपीओ) नेप्सेमा काराेबार हुनसक्ने गरी सूचिकृत भएकाे हाे । नेप्सेले संस्थाकाे पहिलो कारोबारका लागि प्रति सेयर न्युनतम ४ सय ३ रूपैयाँ ९१ पैसादेखि अधिकतम एक हजार २ सय ११ रुपैयाँ ७३ पैसासम्म ओपनिङ रेञ्ज (Open Price Range) निर्धारण गरेकाे छ ।

संस्थाले दाेश्राे बजारमा काराेबारका लागि ULBSL सिम्बाेल प्राप्त गरेकाे छ ।

२) आरएसडिसी लघुवित्त वित्तीय संस्था

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा बुधबार आरएसडिसी लघुवित्त वित्तीय संस्था लिमिटेडको बोनस सेयर सूचिकृत भएको हाे ।

स्टकका अनुसार आरएसडिसी लघुवित्त वित्तीय संस्था लिमिटेडको १० प्रतिशत बोनस बापतको ७ लाख ३१ हजार ९ सय ५९ दशमलव ७६ कित्ता सेयर सूचिकृत भएको हो ।

संस्थाकाे मंसिर १० गते सम्पन्न भएकाे आठाैँ वार्षिक साधारण सभाले गत आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट संस्थाका शेयरधनीहरूलाई चुक्ता पूँजीको १० प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.५२ प्रतिशत नगद लाभांश गरी कुल १०.५२ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको थियाे ।

३) बलेफी हाइड्रोपावर कम्पनी लिमिटेड

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा मंगलबार बलेफी हाइड्रोपावर कम्पनी लिमिटेडकाे साधारण सेयर (आईपीओ) सूचिकृत भएकाे हाे ।

स्टकका अनुसार कम्पनीकाे एक कराेड ८२ लाख ७९ हजार ७ सय कित्ता आईपीओ सूचिकृत भएकाे हाे । नेप्सेले कम्पनीकाे पहिलाे काराेबारका लागि प्रति सेयर न्युनतम ९३ रूपैयाँ ६४ पैसादेखि अधिकतम २ सय ८० रुपैयाँ ९२ पैसासम्म ओपनिङ रेञ्ज (Open Price Range) निर्धारण गरेकाे छ ।

कम्पनीले दाेश्राे बजारमा काराेबारका लागि BHL सिम्बाेल प्राप्त गरेकाे छ ।

४) सेन्ट्रल फाइनान्स कम्पनी लिमिटेडकाे

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा मंगलबार सेन्ट्रल फाइनान्स कम्पनी लिमिटेडकाे बोनस सेयर सूचिकृत भएको हाे ।

स्टकका अनुसार सेन्ट्रल फाइनान्स कम्पनी लिमिटेडकाे ७.७० प्रतिशत बोनस बापतको ६ लाख ७८ हजार ३ सय ९७ दशमलव ४९५९ कित्ता सेयर सूचिकृत भएको हो ।

कम्पनीको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट कम्पनीका शेयरधनीहरूलाई चुक्ता पूँजीको ७.७ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ३.३ प्रतिशत नगद गरी कुल ११ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको थियाे ।

५) साल्ट ट्रेडिङ कर्पाेरेशन लिमिटेड

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा मंगलबार साल्ट ट्रेडिङ कर्पाेरेशन लिमिटेडकाे बोनस सेयर सूचिकृत भएको हाे ।

साल्ट ट्रेडिङ कर्पाेरेशन लिमिटेडकाे १० प्रतिशत बाेनस बापतकाे २ लाख ३० हजार ४ सय ८२ दशमलव ९० कित्ता सेयर सूचिकृत भएकाे हाे । 

कम्पनीको चैत्र ३० गते सम्पन्न भएकाे ५५औँ वार्षिक साधारण सभाले गत आर्थिक वर्ष २०७८/७९ को मुनाफाबाट कम्पनीका शेयरधनीहरूलाई १० प्रतिशत बोनस सेयर तथा कर प्रयोजनका लागि ०।५ प्रतिशत नगद गरि कूल १०।०५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेकाे थियाे।

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको