Like us!
Follow us!
Connect us!
Watch us!

'एनएमबि सरल बचत फन्ड - ई' काे ४ वटा वाणिज्य बैंकमा लगानी, अन्य अवस्था कस्ताे छ ?

अर्थ संसार

आइतबार, १५ जेठ २०७९, १३ : ३६ मा प्रकाशित

'एनएमबि सरल बचत फन्ड - ई' काे ४ वटा वाणिज्य बैंकमा लगानी, अन्य अवस्था कस्ताे छ ?

एनएमबि क्यापिटल लिमिटेड अन्तर्गत सञ्चालित 'एनएमबि सरल बचत फन्ड–ई' ले २०७९ साल वैशाख मसान्तकाे खुद सम्पत्ति मूल्य सम्बन्धी विवरण सार्वजनिक गरेकाे छ ।

वैशाख मसान्तसम्ममा आइपुग्दा फण्डकाे प्रतिइकाई खुद सम्पत्तिको मूल्य (न्याभ) ९ रुपैयाँ ६३ पैसामा झरेकाे छ । उक्त मूल्य चैत्र मसान्तकाे तुलनामा ३ पैसाले घटेकाे हाे । चैत्र मसान्तसम्ममा फण्डकाे प्रतिइकाई खुद सम्पत्तिको मूल्य ९ रुपैयाँ ६६ पैसा रहेकाे थियो ।

त्यसैगरी, वैशाख मसान्तसम्ममा फण्डले सूचीकृत कम्पनीको सेयरमा गरेकाे लगानी भने बढेर ३२ करोड एक लाख १५ हजार रूपैयाँ पुगेकाे छ । चैत्र मसान्तसम्ममा फण्डले सूचीकृत कम्पनीहरूमा २९ करोड ६० लाख २६ हजार रूपैयाँ लगानी गरेकाे थियाे ।

फण्डले कुल १७ वटा कम्पनीकाे सेयरमा लगानी गरेकाे छ । जसमध्ये, ४ वटा वाणिज्य बैंक, २ वटा विकास बैंक, ६ वटा लघुवित्त, ४ वटा इन्स्याेरेन्स कम्पनी र एउटा हाइड्राेपावर समूह रहेका छन् । 

फण्डले सार्वजनिक गरेकाे खुद सम्पत्ति मूल्य सम्बन्धी विवरण यस प्रकारकाे छ :

629328ac7afc4.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको