Like us!
Follow us!
Connect us!
Watch us!

बजेटकाे नकारात्मक प्रभाव सेयर बजारमा, ' पूँजी बजारप्रति सरकार निकम्मापना'

नेप्से

सोमबार, १६ जेठ २०७९, १४ : ५७ मा प्रकाशित

बजेटकाे नकारात्मक प्रभाव सेयर बजारमा, ' पूँजी बजारप्रति सरकार निकम्मापना'

बजेटपछिकाे काराेबार दिन आज (साेमबार) सेयर बजारमा भारी गिरावट देखिएकाे छ । नेप्से परिसूचक उच्च अंकले घट्दा १३ वटै उपसमूह ओरालो लागेका छन् । 

सेयर लगानीकर्ताहरूले अपेक्षा गरे अनुरूपको बजेट नआएको हुनाले लगानीकर्ताहरूको मनोबल घटेको छ । पूँजी बजार सुधारको कुरा हरेक वर्षको बजेटमा दोहोरिरहने तर त्यो बजेटमा मात्र सिमित रहने नेपाल पूँजी बजार लगानीकर्ता संघकी अध्यक्ष राधा पोखरेल बताउँछिन् । नियामकको बेमौसमी प्रहार, ब्याजको मारमा प्रताड़ित लगानीकर्ता चारै तिरबाट थिलथिलो हुँदै गएको पुँजी बजारमा लगानीकर्ताका अपेक्षाकृत विषय र समस्याहरु यो बजेटमा खासै समावेश हुन नसकेकाे उनकाे तर्क छ । उनी प्रश्न गर्छिन्, "लाखौं लगानीकर्ता रहेको पूँजीबजारलाई सरकारले प्राथमिकतामा राख्न नसक्नु बिडम्बना र यो भन्दा निकम्मापना के हुन सक्छ ?"

नेपाल स्टक एक्सचेञ्जका अनुसार आज (साेमबार) सेयर कारोबार मापक नेप्से परिसूचक ४५.०९ अंकले घटेर २१७८.६९ विन्दुमा झरेकाे छ । नेप्से २.०३ प्रतिशतले घटेकाे हो । यता सेन्सेटिभ परिसूचक पनि ७.८४ अंकले घटेर ४२५.२३ विन्दुमा झरेको छ । 

कूल २२७ वटा कम्पनीकाे ३४ लाख ५६ हजार ५ सय २९ कित्ता सेयर खरिदबिक्री हुँदा एक अर्ब ३३ करोड ८८ लाख ५६ हजार २ सय ८२ रूपैयाँ बराबरको कारोबार भएकाे नेप्सेले जनाएकाे छ ।

स्टकका अनुसार कारोबार भएका कूल १३ उपसमूहमध्ये आज सबै वटा उपसमूहकाे सेयर घटेको छ ।

 

त्यसैगरी, साेमबार काराेबार रकममा नेपाल टेलिकमले अग्रता कायम गरेकाे छ । टेलिकमकाे ४ कराेड ९६ लाख ३८ हजार रूपैयाँ बराबरकाे काराेबार भएकाे छ ।

आज बलेफी हाइड्राेका लगानीकर्ताहरूले सबैभन्दा धेरै कमाएका छन् । कम्पनीकाे सेयरमूल्य ९.९९ प्रतिशतले बढेर एक सय २४ रूपैयाँ ४० पैसा पुगेकाे छ ।

यस दिन नेपाल इन्भेष्टमेन्ट बैंककाे सेयरमूल्यमा नकरात्मक सर्किट लागेकाे छ । बैंककाे सेयरमूल्य ९.९९ प्रतिशतले घटेर ३ सय ६७ रूपैयाँ ७० पैसामा झरेकाे छ । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको