Like us!
Follow us!
Connect us!
Watch us!

ऋणपत्र निष्कासन गर्न एभरेष्ट बैंकले दियाे सेबोनमा निवेदन, व्याज कति ?

अर्थ संसार

सोमबार, १६ जेठ २०७९, १७ : २७ मा प्रकाशित

ऋणपत्र निष्कासन गर्न एभरेष्ट बैंकले दियाे सेबोनमा निवेदन, व्याज कति ?

एभरेष्ट बैंक लिमिटेडले ऋणपत्र निष्कासन गर्न नियामक निकाय नेपाल धितोपत्र बोर्ड (सेबोन) मा निवेदन पेश गरेकाे छ । 

बैंकले २ अर्ब रूपैयाँ बराबरको २० लाख कित्ता ऋणपत्र निष्कासन गर्न जेठ ११ गते सेबाेनमा निवेदन पेश गरेकाे हाे । जसमध्ये बैंकले सर्वसाधारणका लागि ८ लाख कित्ता र व्यक्तिगत रुपमा विभिन्न संघ संस्थालाई १२ लाख कित्ता बिक्री गर्नेछ ।

बैंकले ६ वर्ष अवधि भएकाे वार्षिक १०.५ प्रतिशत व्याज भएकाे "६ वर्ष, १०.५% एभरेष्ट बैंक लिमिटेड ऋणपत्र, २०८५" नाममा ऋणपत्र निष्कासन गर्न लागेकाे हाे ।

त्यसैगरी, बैंककाे उक्त ऋणपत्रमा निष्कासन तथा बिक्री प्रबन्धकको काम लक्ष्मी क्यापिटल लिमिटेडले गर्नेछ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

Garima Capital

धेरै पढिएको