Like us!
Follow us!
Connect us!
Watch us!

जिल्ला समन्वय समितिको निर्वाचनमापनि पाँच दलीय गठबन्धन

अर्थ संसार

मंगलबार, १७ जेठ २०७९, ०५ : ३८ मा प्रकाशित

जिल्ला समन्वय समितिको निर्वाचनमापनि पाँच दलीय गठबन्धन

सत्तारुढ पाँच दलीय गठबन्धनको बैठकले सहमतिमा जिल्ला समन्वय समिति र बाँकी रहेका पालिकाहरूको कार्यपालिका सदस्यको निर्वाचन गर्ने निर्णय गरेको छ । प्रधानमन्त्री एवम् नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाको अध्यक्षतामा प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले यस्तो निर्णय गरेको हो ।

बैठकपछि पाँच दलका शीर्ष नेताहरूले जारी गरेकोे विज्ञप्तिमा भनिएको छ, ‘‘बैठकले अब सम्पन्न हुन गइरहेको ७७ वटा जिल्ला समन्वय समिति र बाँकी रहेका पालिकाहरुको कार्यपालिका सदस्यको निर्वाचनमा पाँच दलीय गठबन्धनको बिचमा सहमति गरी अगाडि बढ्न आ–आफ्ना दलका प्रदेश र जिल्ला समितिहरुलाई निर्देशन गर्ने निर्णय गरिएको छ ।’’

विज्ञप्तिमा प्रधानमन्त्री एवम् नेपाली काँग्रसका सभापति  देउवा, नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेकपा (एकीकृत समाजवादी) अध्यक्ष माधवकुमार नेपाल, जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव र राष्ट्रिय जनमोर्चाका उपाध्यक्ष दुर्गा पौडेलले हस्ताक्षर गरेका छन् ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको