Like us!
Follow us!
Connect us!
Watch us!

बुवा–छोराको त्यो अन्तिम संवाद...

पत्रपत्रिका

मंगलबार, १७ जेठ २०७९, ०७ : ५६ मा प्रकाशित

बुवा–छोराको त्यो अन्तिम संवाद...

‘निःशब्द छु। आइतबार बिहान ५:३० बजे म र स्रोत व्यक्ति मणिराम पोखरेल सर जाजरकोट खलंगाको रम्बा होटलमा बसिरहेका थियौं। त्यहीँ बेला उहाँको अडियो कल आयो।

छोरो उत्सवले पोखराबाट जोमसोम उडान भर्ने बताएका थिए त्यहाँ, जुन मैले पनि प्रत्यक्ष सुनेको थिए। मणिराम पोखरेल सरले शुभयात्रा बाबु भन्नुभयो। उत्सवको जुन बोली परिवारका लागि अन्तिम बन्यो,’ नलगाड नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत मानबहादुर गिरीको फेसबुक स्टाटस हो यो। 

गिरी त्यो समय सम्झँदै भन्छन्, ‘१० बजेभित्र हामी नलगाड नगरपालिका दल्ली पुगिसकेका थियौं तर मुस्ताङ जिल्लामा भएको जहाज दुर्घटनामा उनै उत्सव परेका थिए। करिब ५ घण्टापछि हतास भएर मेरो छेउमा पुगेका मणिराम सरको आँखाभरि आँसु थिए। मेरो सर्वनाश भयो सर भनेर रुनुभयो। म निःशब्द भए। नेपालगन्जसम्म पठाउनका लागि गाडीको व्यवस्था गर्न लगाइयो। अनि पठाइयो।’ 

उत्सव आइतबार दुर्घटना भएको तारा एयरको को–पाइलट थिए। चौरजहारी क्षेत्रका पहिलो पाइलट उत्सव दुर्घटनामा परेको खबरले यो क्षेत्र शोकमग्न छ। उत्सव आइतबार बिहान जोमसोम उडान गर्ने तयारीमा थिए। पोखरा रहेका उत्सवले उडान भर्नुअघि बुवालाई फोन गरेका थिए। जाजरकोट सदरमुकाममा रहेका उत्सवका बुवा मणिरामसँग उनको छोटो कुराकानी भएको थियो। बुवासँग भएको कुराकानीको केही समयपछि नै उत्सव दुर्घटनामा परेको खबरले मणिरामलगायत उत्सवको परिवार मात्रै होइन, गाउँनै शोकमा डुबेको छ। 

अन्नपुर्णपोष्ट दैनिकमा समाचार छ । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको