Like us!
Follow us!
Connect us!
Watch us!

सेयर बजारको ओरालो यात्रामा निरन्तरता, घट्दै लगानीकर्ताको मनोबल

नेप्से

मंगलबार, १७ जेठ २०७९, १५ : ०३ मा प्रकाशित

सेयर बजारको ओरालो यात्रामा निरन्तरता, घट्दै लगानीकर्ताको मनोबल

आज (मंगलबार) पनि सेयर बजारको ओरालो यात्रामा निरन्तरता देखिएको छ । नेप्से परिसूचकसँगसँगै काराेबार रकम पनि अघिल्लाे दिनकाे तुलनामा घटेकाे छ । बजारमा लगातार गिरावट देख्दा लगानीकर्ताहरूकाे मनाेबल पनि घट्दै गइरहेकाे छ । 

नेपाल स्टक एक्सचेञ्जका अनुसार आज (मंगलबार) सेयर कारोबार मापक नेप्से परिसूचक ३५.५३ अंकले घटेर २१३७.९२ विन्दुमा झरेकाे छ । नेप्से १.६३ प्रतिशतले घटेकाे हो । यता सेन्सेटिभ परिसूचक पनि ७.११ अंकले घटेर ४१५.६३ विन्दुमा झरेको छ । 

कूल २२९ वटा कम्पनीकाे ३७ लाख ६९ हजार ८ सय १२ कित्ता सेयर खरिदबिक्री हुँदा एक अर्ब ३१ करोड ७६ लाख ९९ हजार ९० रूपैयाँ बराबरको कारोबार भएकाे नेप्सेले जनाएकाे छ ।

स्टकका अनुसार कारोबार भएका कूल १३ उपसमूहमध्ये आज सामूहिक लगानी काेषबाहेक बाँकी सबै उपसमूहकाे सेयर घटेको छ । 

त्यसैगरी, मंगलबार काराेबार रकममा एनआईसी एशिया बैंक लिमिटेडले अग्रता कायम गरेकाे छ । बैंककाे ५ कराेड ३७ लाख ९८ हजार रूपैयाँ बराबरकाे काराेबार भएकाे छ ।

आज उपकार लघुवित्त वित्तीय संस्था लिमिटेडका लगानीकर्ताहरूले सबैभन्दा धेरै कमाएका छन् । कम्पनीकाे सेयरमूल्य ८.२३ प्रतिशतले बढेर एक हजार ४ सय ७५ रूपैयाँ ८० पैसा पुगेकाे छ ।

यस दिन नेपाल इन्भेष्टमेन्ट बैंककाे संस्थापक समूहकाे सेयरमूल्यमा नकरात्मक सर्किट लागेकाे छ । बैंककाे संस्थापक सेयरमूल्य १० प्रतिशतले घटेर ३ सय ५५ रूपैयाँ ५० पैसामा झरेकाे छ । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको