Like us!
Follow us!
Connect us!
Watch us!

नेप्सेकाे गिरावट कायमै, किन घट्दैछ लगानीकर्ताको मनोबल ?

नेप्से

बुधबार, १८ जेठ २०७९, १५ : ०८ मा प्रकाशित

नेप्सेकाे गिरावट कायमै, किन घट्दैछ लगानीकर्ताको मनोबल ?

आज बुधबार पनि सेयर बजारले ओरालो यात्रालाई नै निरन्तरता दिएको छ । नेप्से परिसूचकसँगसँगै काराेबार रकम पनि अघिल्लाे दिनकाे तुलनामा घटेकाे छ । 

बजारमैत्री सकारात्मक कुराहरू नहुँदा अहिले लगानीकर्ताहरूकाे मनाेबल घट्दै गईरहेकाे जानकारहरू बताउँछन् । माैद्रिक नीतिकाे समिक्षा र बजेट दुवै लगानीकर्ताहरूले अपेक्षा गरे अनुरूपकाे आएन । जसले गर्दा लगानीकर्ताकाे मनाेबल झनै घट्याे । नेपालका नियामक निकायहरूले नियमनमा भन्दा नियन्त्रणमा जाेड दिँदा लगानीकर्ताहरू निराश भइसकेका बताउँछन् ।

नेपाल स्टक एक्सचेञ्जका अनुसार आज (बुधबार) सेयर कारोबार मापक नेप्से परिसूचक ७.२१ अंकले घटेर २१३०.७१ विन्दुमा झरेकाे छ । नेप्से ०.३४ प्रतिशतले घटेकाे हो । यस्तै, सेन्सेटिभ परिसूचक पनि १.१७ अंकले घटेर ४१४.४७ विन्दुमा झरेकाे छ ।

 

कूल २२७ वटा कम्पनीकाे ३० लाख २० हजार ६७ कित्ता सेयर खरिदबिक्री हुँदा एक अर्ब ७ करोड ८४ लाख ८४ हजार एक सय ८२ रूपैयाँ बराबरको कारोबार भएकाे नेप्सेले जनाएकाे छ ।

स्टकका अनुसार काराेबार भएका १३ उपसमूहमध्ये ३ वटा उपसमूहकाे सेयर बढेकाे छ भने बाँकी १० वटा उपसमूहकाे सेयर घटेकाे छ । 

बुधबार नेपाल इन्भेष्टमेन्ट बैंक लिमिटेडकाे सर्वाधिक काराेबार भएकाे छ । कम्पनीकाे १२ कराेड १३ लाख ७३ हजार रूपैयाँ बराबरकाे काराेबार भएकाे हाे ।

आज मैलुङ खाेला जलविद्युत कम्पनी लिमिटेडकाे सेयरमूल्यमा सकारात्मक सर्किट लागेकाे छ । कम्पनीकाे सेयरमूल्य १० प्रतिशतले बढेर ५ सय २८ रूपैयाँ पुगेकाे छ । 

यस दिन शिखर इन्स्याेरेन्स कम्पनी लिमिटेडकाे सेयरमूल्यमा नकारात्मक सर्किट लागेकाे छ । कम्पनीकाे सेयरमूल्य १० प्रतिशतले घटेर प्रतिकित्ता ९ सय २४ रूपैयाँ ३० पैसामा झरेकाे छ । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको