Like us!
Follow us!
Connect us!
Watch us!

प्राइम बैंकले पायाे ऋणपत्र निष्कासन गर्न बाेर्डबाट अनुमति, व्याज कति ?

अर्थ संसार

विहीबार, १९ जेठ २०७९, १४ : ३४ मा प्रकाशित

प्राइम बैंकले पायाे ऋणपत्र निष्कासन गर्न बाेर्डबाट अनुमति, व्याज कति ?

प्राइम बैंक लिमिटेडले ऋणपत्र निष्कासन गर्न नियामक निकाय नेपाल धितोपत्र बोर्ड (सेबोन) बाट अनुमति प्राप्त गरेकाे छ ।

बैंकले ५ वर्ष अवधिकाे "५ वर्ष, १०.१५% प्राइम डिबेञ्चर, २०८४" काे नाममा ५ अर्ब रूपैयाँ बराबरको ५० लाख कित्ता ऋणपत्र निष्कासन गर्न सेबाेनबाट हिजाे (जेठ १८ गते, बुधबार) अनुमति पाएकाे हाे । निष्कासन गरिने कुल ५० लाख कित्ता ऋणपत्रमध्ये बैंकले सर्वसाधारणका लागि २० लाख कित्ता र व्यक्तिगत रुपमा विभिन्न संघ संस्थालाई ३० लाख कित्ता बिक्री गर्नेछ ।

त्यसैगरी, बैंककाे उक्त ऋणपत्रमा निष्कासन तथा बिक्री प्रबन्धकको काम सानिमा क्यापिटल लिमिटेडले गर्नेछ ।

62987afe9af2a.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको