Like us!
Follow us!
Connect us!
Watch us!

रोकिएन नेप्सेको ओरालो यात्रा, गुड न्यूजकाे पर्खाइमा लगानीकर्ता

नेप्से

विहीबार, १९ जेठ २०७९, १५ : ०७ मा प्रकाशित

रोकिएन नेप्सेको ओरालो यात्रा, गुड न्यूजकाे पर्खाइमा लगानीकर्ता

सेयर बजारले लगातार ओरालो यात्रा तय गरिरहेकाे छ । आज (बिहीबार) पनि सेयर बजारकाे ओरालो यात्रामा निरन्तरता देखिएकाे छ । बिहीबार बजार दाेहाेराे अंकले घटेकाे छ । लगातारकाे करेक्सनले लगानीकर्ताकाे मनाेबल पनि घटेकाे छ । 

बजार निरन्तर घट्दाे अहिलेकाे अवस्थामा लगानीकर्ताहरू गुड न्यूजकाे पर्खाइमा छन् । सेयर बजारका अनुभवी लगानीकर्ता चन्द्र गुरूङ अहिले लगानीकर्ताहरूकाे खस्किएकाे मनाेबल उकास्न मार्केटमा गुड न्यूजकाे एकदमै जरूरी रहेकाे बताउँछन् । "अहिले लगानीकर्ताहरूकाे माइन्ड सेट नै मार्केट घट्ने त हाे भन्ने भइसक्याे । ठूला लगानीकर्ताहरूकाे सक्रियता देखिएकाे छैन । साना लगानीकर्ताहरूले बजारलाई थाम्न सकेका छैनन् । सबै विश्लेषण गलत सावित भएका छन् । बजार सकारात्मक माहाेलमा फर्किनका लागि सेयर बजारमैत्री कुनै ठूलै गुड न्यूज आउनु जरूरी छ ।", उनले भने ।

नेपाल स्टक एक्सचेञ्जका अनुसार आज (बिहीबार) सेयर कारोबार मापक नेप्से परिसूचक १८.२६ अंकले घटेर २११२.४७ विन्दुमा झरेकाे छ । नेप्से ०.८६ प्रतिशतले घटेकाे हो । यस्तै, सेन्सेटिभ परिसूचक पनि ३.८१ अंकले घटेर ४१०.६६ विन्दुमा झरेकाे छ । 

कूल २२७ वटा कम्पनीकाे ३५ लाख ६६ हजार ८ सय १९ कित्ता सेयर खरिदबिक्री हुँदा एक अर्ब १६ करोड १५ लाख १४ हजार एक सय ६९ रूपैयाँ बराबरको कारोबार भएकाे नेप्सेले जनाएकाे छ ।

स्टकका अनुसार कारोबार भएका कूल १३ उपसमूहमध्ये आज म्युचुअल फण्डबाहेक बाँकी सबै उपसमूहकाे सेयर घटेको छ । 

बिहीबार माउन्टेन हाइड्राे नेपाल लिमिटेडकाे सर्वाधिक काराेबार भएकाे छ । कम्पनीकाे १२ कराेड १२ लाख ५८ हजार रूपैयाँ बराबरकाे काराेबार भएकाे हाे ।

आज बलेफी हाइड्राेपावर कम्पनी लिमिटेडकाे सेयरमूल्य सबैभन्दा धेरै बढेकाे छ । कम्पनीकाे सेयरमूल्य ९.९७ प्रतिशतले बढेर एक सय ५३ रूपैयाँ ३० पैसा पुगेकाे छ ।

यस दिन नेपाल इन्भेष्टमेन्ट बैंककाे संस्थापक समूहकाे सेयरमा नकारात्मक सर्किट लागेकाे छ । बैंककाे संस्थापक सेयरकाे मूल्य ९.९९ प्रतिशतले घटेर ३ सय २० रूपैयाँमा झरेकाे छ । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको