Like us!
Follow us!
Connect us!
Watch us!

साउन १ गतेदेखि सवारीसाधनमा इम्बोस्ड नम्बरप्लेट अनिवार्य, नराखे कारवाही गरिने

अर्थ संसार

शुक्रबार, २० जेठ २०७९, १० : २३ मा प्रकाशित

साउन १ गतेदेखि सवारीसाधनमा इम्बोस्ड नम्बरप्लेट अनिवार्य, नराखे कारवाही गरिने

यातायात व्यबस्था विभागले बाग्मती र गण्डकी प्रदेशमा दर्ता भएका सवारीसाधनहरुलाई असार मसान्तसम्ममा अनिवार्य रुपमा इम्बोस्ड प्लेट जडान गर्न आग्रह गरेको छ । 

साउन १ पश्चात ट्राफिक प्रहरीबाट गरिने सडक अनुगमनमा तोकिए अनुसार इम्बोस्ड प्लेट जडान नगरिएको पाइएमा सवारी तथा यातायात व्यवस्था ऐन २०४९ बमोजिम कारवाही समेत गरिने विभागले जनाएको छ । 

इम्बोस्ड नम्बर प्लेट जडान अनिवार्य गर्नका लागि मिति २०७८ कात्तिक २२ को नेपाल राजपत्रमा सूचना प्रकाशन गरिएको र विभागबाट बागमती प्रदेशको एकान्तकुना-ललितपुर र गुर्जुधारा-काठमाडौं र गण्डकी प्रदेशको पोखरा-कास्कीमा रहेका यातायात व्यवस्था कार्यालयहरुमा आवश्यक पूर्वाधारसमेत तयार गरिएकोमा ती कार्यालयहरुमा दर्ता भएका सवारीहरुमा हाल सम्म पनि इम्बोस्ड नम्बर प्लेट जडान सम्बन्धी संघीय कानून बमोजिमको व्यवस्था तथा निर्णय कार्यान्वयन नभएको यस विभागको गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

विभागले जारी गरेको सूचनाः

629990c047ca8.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको