Like us!
Follow us!
Connect us!
Watch us!

अलटाईम हाईबाट ३६ प्रतिशतले घट्यो नेप्से, एक सातामै १६० अंकको गिरावट !

नेप्से

शुक्रबार, २० जेठ २०७९, १५ : ०२ मा प्रकाशित

अलटाईम हाईबाट ३६ प्रतिशतले घट्यो नेप्से, एक सातामै १६० अंकको गिरावट !

साताकाे अन्तिम काराेबार दिन आज (शुक्रबार) पनि सेयर बजारकाे ओरालो यात्रामा निरन्तरता देखिएकाे छ । यस साता काराेबार भएकाे ५ दिनमा ५ दिन नै नेप्से घटेकाे छ । याे साताकाे अवधिमा नेप्से परिसूचक १६० अंकले घटेकाे छ । 

नेपाल स्टक एक्सचेञ्जका अनुसार आज (शुक्रबार) सेयर कारोबार मापक नेप्से परिसूचक ३३.७६ अंकले घटेर २०७८.७० विन्दुमा झरेकाे छ । नेप्से १.६० प्रतिशतले घटेकाे हो । यस्तै, सेन्सेटिभ परिसूचक पनि ७.१८ अंकले घटेर ४०३.४८ विन्दुमा झरेकाे छ । 

कूल २२६ वटा कम्पनीकाे ३८ लाख ४८ हजार ५ सय ८ कित्ता सेयर खरिदबिक्री हुँदा एक अर्ब ३० करोड ७३ लाख ५९ हजार ५ सय ४१ रूपैयाँ बराबरको कारोबार भएकाे नेप्सेले जनाएकाे छ ।

स्टकका अनुसार कारोबार भएका कूल १३ उपसमूहमध्ये आज सबै उपसमूहकाे सेयर घटेको छ । 

शुक्रबार एनआईसी एशिया बैंक लिमिटेडकाे सर्वाधिक काराेबार भएकाे छ । बैंककाे ६ कराेड २३ लाख ५५ हजार रूपैयाँ बराबरकाे काराेबार भएकाे हाे ।

आज उपकार लघुवित्त वित्तीय संस्था लिमिटेड र बलेफी हाइड्राेपावर कम्पनी लिमिटेड सेयरमूल्यमा सकारात्मक सर्किट लागेकाे छ । 

यस दिन नेपाल इन्भेष्टमेन्ट बैंककाे संस्थापक समूहकाे सेयरमूल्य सबैभन्दा धेरै घटेकाे छ। बैंककाे संस्थापक सेयरकाे मूल्य ९.५६ प्रतिशतले घटेर २८९ रूपैयाँ ४० पैसामा झरेकाे छ । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको