Like us!
Follow us!
Connect us!
Watch us!

प्राइम बैंकले गर्यो लाभांश लिन अनुरोध, नलिए जाला लगानीकर्ता संरक्षण कोषमा

अर्थ संसार

आइतबार, २२ जेठ २०७९, ११ : ५० मा प्रकाशित

प्राइम बैंकले गर्यो लाभांश लिन अनुरोध, नलिए जाला लगानीकर्ता संरक्षण कोषमा

प्राइम कमर्सियल बैंक लिमिटेडले आफ्ना सेयरधनीहरुलाई लाभांश लिन अनुरोध गरेको छ । बैंकले हालसम्म पनि ५ वर्ष पुरानाे लाभांश नलिएका सेयरधनीहरुलाई लाभांश लिन अनुरोध गरेको हाे ।

बैंकले एक सूचना प्रकाशन गर्दै भनेकाे छ, "कम्पनी ऐन, २०६३ को दफा १८२, १८३ तथा नेपाल राष्ट्र बैंकबाट जारी भएको एकीकृत निर्देशन, २०७८ को ई.प्रा. निर्देशन नं. १६/०७८ को बुँदा नं.३(५) मा भएको व्यवस्था बमोजिम बैंकको साधारण सभाबाट निर्णय भएको मितिले ५ वर्षसम्म पनि शेयरधनीले बुझी नलिएको नगद लाभांश रकम नेपाल सरकारले स्थापना गरेको लगानीकर्ता संरक्षण कोषमा जम्मा गर्नुपर्ने कानुनी दायित्व भएको हुँदा नगद लाभांश बुझी नलिनु भएका शेयरधनी महानुभावहरूले २०७९ साल असार मसान्तभित्र सिभिल क्यापिटल मार्केट लि. सुन्धारा काठमाडौमा आफ्नो सक्कल नागरिकता सहित सम्पर्क गरी नगद लाभांश पूर्जा बुझी लिनु हुन यो सूचना प्रकाशित गरिएको छ ।"

अन्यथा, प्रचलित कानुन बमोजिम नगद लाभांश बापतको सम्पूर्ण रकम उक्त लगानीकर्ता संरक्षण कोषमा जम्मा गर्न पठाइने वा 'दावी नभएको लाभांश खाता खोली रकमान्तर गरी राखिने बैंकले जनाएकाे छ । 

 

 

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको