Like us!
Follow us!
Connect us!
Watch us!

नेप्सेमा भारी गिरावट : लगानीकर्ता भन्छन्, 'नियामक निकाय सुतेका सुत्यै'

नेप्से

मंगलबार, २४ जेठ २०७९, १५ : ४६ मा प्रकाशित

नेप्सेमा भारी गिरावट : लगानीकर्ता भन्छन्, 'नियामक निकाय सुतेका सुत्यै'

आज (मंगलबार) पनि सेयर बजारमा भारी अंककाे गिरावट देखिएकाे छ । बजार यसरी यसरी निरन्तर ओरालो लाग्दा पनि नियामक निकायहरूले भने केही नबोल्दा लगानीकर्ताहरूले नियामक निकायहरू कानमा तेल हाली आँखा चिम्लिएर सुतेका सुत्यै गरेका आरोप लगाएका छन् । पूँजी बजार विरोधीका विरोधमा लगानीकर्ताहरूले आन्दोलन समेत गरिरहेका छन् ।

नेपाल स्टक एक्सचेञ्जका अनुसार आज (मंगलबार) सेयर कारोबार मापक नेप्से परिसूचक ४५.५९ अंकले घटेर २०२०.२३ विन्दुमा झरेकाे छ । नेप्से २.२१ प्रतिशतले घटेकाे हो । यस्तै, सेन्सेटिभ परिसूचक पनि ११.२४ अंकले घटेर ३८९.१२ विन्दुमा झरेकाे छ । 

कूल २३४ वटा कम्पनीकाे ३८ लाख ८७ हजार ७ सय ४८ कित्ता सेयर खरिदबिक्री हुँदा एक अर्ब ३१ करोड २८ लाख ६ हजार ५ सय ६३ रूपैयाँ बराबरको कारोबार भएकाे नेप्सेले जनाएकाे छ ।

स्टकका अनुसार कारोबार भएका कूल १३ उपसमूहमध्ये सबै उपसमूहकाे सेयर घटेकाे छ । 

मंगलबार एनआईसी एशिया बैंक लिमिटेडकाे सर्वाधिक काराेबार भएकाे छ । बैंककाे ६ कराेड ११ लाख ८८ हजार रूपैयाँ बराबरकाे काराेबार भएकाे हाे ।

आज पनि उपकार लघुवित्त वित्तीय संस्था लिमिटेडकाे सेयरमूल्यमा सकारात्मक सर्किट लागेकाे छ । संस्थाकाे सेयरमूल्य १० प्रतिशतले बढेर २ हजार एक सय २६ रूपैयाँ पुगेकाे छ ।

यस दिन हिमालयन बैंक लिमिटेडकाे सेयरमूल्य सबैभन्दा धेरै घटेकाे छ । बैंककाे सेयरमूल्य ९.९७ प्रतिशतले घटेर प्रतिकित्ता ३ सय २३ रूपैयाँ १० पैसामा झरेकाे छ । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको