Like us!
Follow us!
Connect us!
Watch us!

पुँजी बजारलाई 'अर्थतन्त्रको ऐना' का रूपमा विकास गर्न सरकार प्रतिबद्ध छः अर्थमन्त्री

अर्थ संसार

बुधबार, २५ जेठ २०७९, ०७ : २७ मा प्रकाशित

पुँजी बजारलाई 'अर्थतन्त्रको ऐना' का रूपमा विकास गर्न सरकार प्रतिबद्ध छः अर्थमन्त्री

अर्थमन्त्री जनार्दन शर्माले पुँजीबजारलाई अर्थतन्त्रको ऐनाका रूपमा विकास गर्न सरकार प्रतिबद्ध रहेको बताएका छन् । आज नेपाल धितोपत्र बोर्डको ३०औँ वार्षिकोत्सवका अवसरमा शुभकामना दिँदै अर्थमन्त्री शर्माले यस्तो बताएका हुन् । 

यस्तो छ अर्थमन्त्रीको शुभकामना सन्देशः 

नेपाल धितोपत्र बोर्डले आफ्नो स्थापनाको २९ औं वर्ष पुरा गरी ३०औं वर्ष प्रवेश गरेको गुन अवसरमा बोडं पदाधिकारी, धितोपत्र बजार तथा व्यवसायी, सूचीकृत कम्पनी, लगानीकर्ता लगायत सम्बद्ध सम्पूर्ण पक्षलाई हार्दिक बधाई तथा शुभकामना दिन चाहन्छु । 

बोर्डबाट धितोपत्र बजार विकास सुधार तथा विस्तारका लागि गरिएका कार्यबाट नेपालको धितोपत्र बजार आधुनिकीकरण तर्फ उन्मुख हुनुका साथै बजारको पहुँच देशव्यापी रूपमा समेत विस्तार भएको देखिन्छ। यस बजार मार्फत पुँजी परिचालनका लागि पर्यटन, पूर्वाधार लगायतका विविध क्षेत्रका कम्पनीहरू प्रवेश गरेको हुँदा धितोपत्र बजारमा क्षेत्रगत विविधता हुन सुरु भएको छ। जसबाट उत्पादनशील क्षेत्रमा दीर्घकालीन पुँजी परिचालनमा उल्लेन्छ्य वृद्धि भएको छ भने धितोपत्रको दोस्रो बजारमा स्वचालित कारोबार प्रणाली कार्यान्वयनमा आएसँगै सहज र सरला रूपमा बजारमा बितोपत्र कारोबार गर्न सक्ने अवस्था हुँदा लगानीकर्ताको आकर्षण बढेको छ। 

धितोपत्र बजार थप गतिशील, विश्वसनीय एवं प्रभावकारी बनाउनुपर्ने परिप्रेक्ष्यमा धिलोपत्र बजार तथा वस्तु विनिमय बजारको सुदृढ एवं विश्वसनीय व्यवस्था गरी देशभित्र छरिएर रहेको बचत तथा बैदेशिक पुंजी समेतको उत्पादनशील क्षेत्रमा परिचालन गर्नका लागि अनुकूल वातावरण तयारीमा बोर्डको भूमिका सशक्त एवं प्रभावकारी हुने विश्वास लिएको छु । धितोपत्र बजारको अर्थतन्त्रमा महत्त्वपूर्ण स्थान रहने हुँदा यस बजार सम्बन्धी जान तथा सचेतना तल्लो तहका जनसमुदाय समेत लाभान्वित हुनेगरी दूरदराजसम्म पुयाई आम सर्वसाधारण लाभान्वित हुने अवस्था सुनिश्चित गर्न आवश्यक रहेको छ। 

पुँजी बजारको विकास तथा विस्तारका लागि बजारमा विविधीकरण ल्याई सम्भावित जोखिम न्यूनीकरण गरी लगानीकर्ताको हित संरक्षण गर्नुका साथै गैर आवासीय नेपालीहरूलाई लगानी खुला गर्न कानुनी व्यवस्था गर्नुपर्नेछ । साथै बैदेशिक रोजगारीमा रहेका नागरिकलाई प्राथमिक निष्कासनमा आरक्षणको व्यवस्था गर्ने र उद्यमशीलता तथा नवप्रवर्तनलाई प्रबर्द्धन गर्न विशिष्टीकृत कोषहरू र वस्तु विनिमय बजार एवं यसका पूर्वाधारहरू सञ्चालनका लागि आवश्यक व्यवस्था मिलाउनुपर्नेछ । त्यसैगरी धितोपत्र बजारका लगानी कर्ताहरूको हित संरक्षणका लागि नियामक निकायको संस्थागत क्षमता अभिवृद्धि गर्नुका साथै अत्याधुनिक प्रविधियुक्त सुपरिवेक्षण प्रणाली विकास गरी बजारको प्रभावकारी नियमन तथा सुपरिवेक्षणका लागि आवश्यक सहजीकरण गरिनेछ।

अन्त्यमा नेपालको पुँजी बजारलाई प्रविधि मैत्री एवं आधुनिक बनाई बजारलाई अर्थतन्त्रको ऐनाका रूपमा विकास गर्न नेपाल सरकार प्रतिबद्ध रहेको छ । स्वच्छ, पारदर्शी एवं विश्वसनीय धितोपत्र बजार तथा वस्तु विनिमय बजारको विकास विस्तार मार्फत लगानी कर्ताको हकहित रक्षा गर्ने कार्यमा बोर्ड निरन्तर लाग्ने अपेक्षा गर्दै बोर्डको उत्तरोत्तर प्रगतिको कामना गर्दछु।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको