Like us!
Follow us!
Connect us!
Watch us!

नेपालको इतिहासमै पहिलोपटक प्रधानमन्त्री बनेलगत्तै संसद् विघटन

अर्थ संसार

शनिबार, २८ भदौ २०८२, ०८ : ०१ मा प्रकाशित

नेपालको इतिहासमै पहिलोपटक प्रधानमन्त्री बनेलगत्तै संसद् विघटन

नवनियुक्त प्रधानमन्त्री सुशिला कार्कीको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले प्रतिनिधिसभा विघटन गर्दै फागुन २१ गतेका लागि आमनिर्वाचन मिति तोकिदिएका छन्।

आजै शपथग्रहणपछि बसेको पहिलो मन्त्रिपरिषद् बैठकमा प्रधानमन्त्री कार्कीले संसद् विघटनको प्रस्ताव अघि सारेकी थिइन्। सो प्रस्तावलाई राष्ट्रपतिले अनुमोदन गरेसँगै मुलुक आगामी निर्वाचनतर्फ उन्मुख भएको छ।

युवा पुस्ता, विशेषगरी जेन–जी आन्दोलनको प्रत्यक्ष दबाब र समर्थनका आधारमा कार्की प्रधानमन्त्री बनेकी थिइन्। सामाजिक सञ्जाल र सडक दुबैमा देखिएको युवाको दबाबलाई राजनीतिक दलहरूले अस्वीकार गर्न नसकेपछि उनी सत्ताको नेतृत्वमा पुगेकी हुन्।

राजनीतिक इतिहासमा पहिलो पटक प्रधानमन्त्री बनेलगत्तै प्रतिनिधिसभा विघटन गर्ने निर्णय भएको छ। यसलाई धेरैले "असामान्य तर निर्णायक कदम" भन्दै व्याख्या गरेका छन्।

प्रधानमन्त्री कार्कीले पदबहाल भएपछि तत्कालै मुलुकलाई नयाँ जनादेशमा लैजाने घोषणा गरेकी छन्। उनले युवापुस्ताको विश्वास जित्न र "नयाँ नेपाल निर्माण" को अभियानलाई अगाडि बढाउन निर्वाचन अपरिहार्य भएको बताउँदै संसद् विघटनको निर्णयलाई औपचारिक रुप दिएकी हुन्।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Whatsapp hamropatro

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको