Like us!
Follow us!
Connect us!
Watch us!

नेपालमा राजनीतिक परिवर्तनप्रति यूएनको स्वागत, कार्कीलाई शुभकामना

अर्थ संसार

शनिबार, २८ भदौ २०८२, ०८ : २८ मा प्रकाशित

नेपालमा राजनीतिक परिवर्तनप्रति यूएनको स्वागत, कार्कीलाई शुभकामना

संयुक्त राष्ट्रसंघ (यूएन) नेपालले प्रधानमन्त्रीमा नियुक्त सुशिला कार्कीलाई बधाई दिएको छ। नेपालस्थित संयुक्त राष्ट्रसंघकी आवासीय प्रतिनिधि हाना सिङ्गर हम्दीले शुक्रबार एक सन्देश जारी गर्दै नेपालको वर्तमान राजनीतिक परिवर्तनलाई ऐतिहासिक मोडको रूपमा व्याख्या गर्दै सफल कार्यकालको शुभकामना व्यक्त गरेकी हुन्।

उनले राष्ट्रपति रामचन्द्र पौडेल, प्रधानसेनापति अशोक सिग्देल र जेन–जेड पुस्ताका युवा नेताहरूको योगदानलाई विशेष प्रशंसा गरेकी छन्। यसै क्रममा आन्दोलनमा ज्यान गुमाएका व्यक्तिहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दै उनले लोकतन्त्र र अधिकारका लागि गरिएको बलिदानलाई अन्तर्राष्ट्रिय समुदायले उच्च सम्मान गर्ने बताइन्।

सन्देशमा भनिएको छ, “नेपालका जनताले शान्ति, न्याय, पारदर्शिता, जवाफदेहिता र प्रगतिप्रतिको आकाङ्क्षा राखेका छन्। संयुक्त राष्ट्रसंघ त्यस यात्रामा नेपाली जनताको साथमा रहनेछ।”

यूएनले प्रधानमन्त्री कार्कीलाई जिम्मेवारीको संवेदनशील समयमा मुलुकलाई स्थायित्व, मानव अधिकार र दिगो विकासतर्फ अघि बढाउन सहयोग गर्ने प्रतिबद्धता दोहोर्याएको छ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Whatsapp hamropatro

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको