Like us!
Follow us!
Connect us!
Watch us!

चालु आर्थिक बर्षको राजस्वमा लगानीकर्ताको ११ अर्ब योगदान !

अर्थ संसार

बुधबार, २५ जेठ २०७९, ०८ : ०० मा प्रकाशित

चालु आर्थिक बर्षको राजस्वमा लगानीकर्ताको ११ अर्ब योगदान !

चालु आर्थिक बर्षको जेठ १७ गतेसम्ममा पूँजीबजारले पूँजीगत लाभकर बापत ११ अर्ब ३ करोड रुपैयाँमा राजस्वमा योगदान गरेको छ । सरकारले १ बर्षभन्दा लामो समय होल्ड भएको सेयरबाट ५ प्रतिशत र १ बर्षभन्दा कम होल्ड भएको सेयरको बिक्रिबाट आर्जित मूनाफामा ७.५ प्रतिशत पूँजीगत लाभकर लिने गर्दछ । 

पुँजी बजार क्षेत्रबाट नेपाल सरकारलाई उल्लेख्य रकम पुँजीगत लाभकर बापत प्राप्त हुने अवस्था सिर्जना भएको छ । पुँजीगत लाभकर सम्बन्धी विगत पाँच वर्षको अवस्था नियाल्दा आ.व. २०७२/७३ मा रु.१ अर्ब ३९ करोड पुँजीगत लाभकर र आ.व. २०७३/७४ मा रु.१ अर्ब ४५ करोड पुँजीगत लाभकर सरकारलाई गएको देखिन्छ । सो पश्चात्का दुई आर्थिक वर्षमा पुँजीगत लाभकर घटी आ.व. २०७४/७५ मा रु.४७ करोड र आ.व. २०७५/७६ मा रु.६४ करोड मात्र पुँजीगत लाभकर सरकारलाई प्राप्त भएको देखिन्छ । त्यसैगरी आ.व. २०७६/७७ मा रु.९८ करोड ४८ लाख राजस्वमा योगदान भएकोमा आ.व. २०७७/७८ मा उक्त रकममा उल्लेखनीय वृद्धि भई रु. १५ अर्ब ५३ करोड १६ लाख पुगेको छ । आ.व. २०७८/७९ को जेठ १७ गतेसम्म रु. ११ अर्ब ३ करोड ३६ लाख रकम राजस्वमा योगदान भएको बोर्डले जनाएको छ ।

पुँजीगत लाभकर बाहेक सरकारले ब्रोकरहरुले सेयर कारोबारबाट कमाएको मुनाफाको निष्चित प्रतिशत आयकर बापत समेत प्राप्त गर्ने गर्दछ । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको