Like us!
Follow us!
Connect us!
Watch us!

नेप्सेको ओरालो यात्रामा ब्रेक ! नवौँ दिनमा छायो हरियाली

नेप्से

बुधबार, २५ जेठ २०७९, १५ : ०३ मा प्रकाशित

नेप्सेको ओरालो यात्रामा ब्रेक ! नवौँ दिनमा छायो हरियाली

सेयर बजारकाे लगातारकाे ओरालो यात्रामा ब्रेक लागेकाे छ । नवाैँ दिनपछि आज (बुधबार) सेयर बजारमा हरियाली छाएकाे छ । नेप्से परिसूचक दाेहाेराे अंकले बढ्दा काराेबार भएका १३ वटै उपसमूह उकालाे लागेका छन् ।

नेपाल स्टक एक्सचेञ्जका अनुसार आज (बुधबार) सेयर कारोबार मापक नेप्से परिसूचक ६०.२२ अंकले बढेर २०८०.४४ विन्दुमा पुगेकाे छ । नेप्से २.९८ प्रतिशतले बढेकाे हो । सेन्सेटिभ परिसूचक पनि ११.२५ अंकले बढेर ४००.३७ विन्दुमा पुगेको छ । 

कूल २३१ वटा कम्पनीकाे ५० लाख ५ हजार ८ सय १४ कित्ता सेयर खरिदबिक्री हुँदा एक अर्ब ६४ करोड ३ लाख ५६ हजार ६ सय ८ रूपैयाँ बराबरको कारोबार भएकाे नेप्सेले जनाएकाे छ ।

स्टकका अनुसार कारोबार भएका कूल १३ उपसमूहमध्ये आज सबै उपसमूहकाे सेयर बढेको छ । सबैभन्दा धेरै फाइनान्स समूह बढेकाे छ ।

बुधबार अरूण भ्याली हाइड्राेपावर डेभलपमेन्ट कम्पनी लिमिटेडकाे सर्वाधिक काराेबार भएकाे छ । कम्पनीकाे ५ कराेड १२ लाख ४० हजार रूपैयाँ बराबरकाे काराेबार भएकाे हाे ।

यस दिन २ कम्पनीकाे सेयरमूल्यमा सकारात्मक सर्किट लागेकाे छ । सामुदायिक लघुवित्त र उपकार लघुवित्तकाे सेयरमूल्यमा सकारात्मक सर्किट लागेकाे हाे । अन्य २ कम्पनीकाे पनि सकारात्मक सर्किट लेभलमा काराेबार भएकाे छ । 

आज  माउन्टेन हाइड्राेकाे सेयरमूल्य सबैभन्दा धेरै घटेकाे छ । कम्पनीकाे सेयरमूल्य ४.११ प्रतिशतले घटेर ३ सय १० रूपैयाँमा झरेकाे छ । 

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको