Like us!
Follow us!
Connect us!
Watch us!

बुधबारको हरियाली नेप्सेमा टिकेन, सेयर बजार पुनः ओरालो

नेप्से

विहीबार, २६ जेठ २०७९, १५ : ०४ मा प्रकाशित

बुधबारको हरियाली नेप्सेमा टिकेन, सेयर बजार पुनः ओरालो

बुधबार सकारात्मक माहाेल देखिएकाे सेयर बजारमा आज (बिहीबार) फेरि गिरावट देखिएकाे छ । बिहीबार नेप्से परिसूचक दाेहाेराे अंकले घट्दा काराेबार रकम पनि हिजाेकाे तुलनामा घटेकाे छ ।

नेपाल स्टक एक्सचेञ्जका अनुसार आज (बिहीबार) सेयर कारोबार मापक नेप्से परिसूचक १७.५८ अंकले घटेर २०६२.८६ विन्दुमा झरेकाे छ । नेप्से ०.८५ प्रतिशतले घटेकाे हो । यस्तै, सेन्सेटिभ परिसूचक पनि ३.९९ अंकले घटेर ३९६.३९ विन्दुमा झरेकाे छ । 

कूल २२९ वटा कम्पनीकाे ४१ लाख ५६ हजार एक सय ४ कित्ता सेयर खरिदबिक्री हुँदा एक अर्ब ४७ करोड २६ लाख ९० हजार ५ सय ५४ रूपैयाँ बराबरको कारोबार भएकाे नेप्सेले जनाएकाे छ ।

स्टकका अनुसार कारोबार भएका कूल १३ उपसमूहमध्ये आज सबै उपसमूहकाे सेयर घटेको छ । 

बिहीबार कुमारी बैंक लिमिटेडकाे सर्वाधिक काराेबार भएकाे छ । बैंककाे ६ कराेड ७४ लाख ६९ हजार रूपैयाँ बराबरकाे काराेबार भएकाे हाे ।

आज बलेफी हाइड्राेपावर कम्पनी लिमिटेड र उपकार लघुवित्त वित्तीय संस्था लिमिटेडकाे सेयरमूल्यमा सकारात्मक सर्किट लागेकाे छ । 

यस दिन नेपाल इन्भेष्टमेन्ट बैंककाे संस्थापक समूहकाे सेयरमूल्य सबैभन्दा धेरै घटेकाे छ । बैंककाे संस्थापक सेयरकाे मूल्य ६.६१ प्रतिशतले घटेर २ सय ३६ रूपैयाँमा झरेकाे छ । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको