Like us!
Follow us!
Connect us!
Watch us!

सत्ताधारी चारदलमा मन्त्री फेर्ने गृहकार्य, माओवादी र कांग्रेसबाट एक-दुई जना फेरबदल हुनसक्ने

पत्रपत्रिका

शुक्रबार, २७ जेठ २०७९, ०८ : ५८ मा प्रकाशित

सत्ताधारी चारदलमा मन्त्री फेर्ने गृहकार्य, माओवादी र कांग्रेसबाट एक-दुई जना फेरबदल हुनसक्ने

सत्ता घटकमध्येको एक नेकपा एकीकृत समाजवादीले आफ्ना चार मन्त्री फेर्न प्रधानमन्त्री शेरबहादुर देउवालाई अनुरोध गरेसंगै नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र जनता समाजवादी पार्टीमा पनि मन्त्री फेर्ने गृहकार्य शुरू भएको छ।

'माधव नेपालजीहरुले जस्तो सबैमन्त्री फेर्ने, ६ महिना पुग्यो त्यसैले तिम्रो भाग सकियो भन्ने रणनीति त हामो छैन, तर दिनदिनै साथीहरूको डेलिगेसन आइरहेको छ, हामी पनि मन्त्री फेर्ने गृहकार्यमा छौं' नेपाली कांग्रेस पार्टीका एक कार्यसमिति सदस्यले नेपाल समाचारपत्रलाई बिहीबार भने 'एकीकृत समाजवादी र जसपाले मन्त्री फेर्न दबाब दिइरहेका छन्, माओबादी केन्द्रले पनि हामोजस्तै एक-दुई जना फेरबदल गर्न सक्छ।'

कांग्रेस सांसद तथा नेताहरूमध्ये कतिपयले पार्टीभित्रै त कतिपयले सार्वजनिक कार्यक्रममै मन्त्री फेरबदल हुने जनाएका छन्। कांग्रेस महामन्त्री गगन थापाले आफ्नो पार्टीभित्र पनि सांसदहरूले दबाब दिइरहेको बताए । प्रतिनिधिसभाको बैठकबाट निस्कने क्रममा सञ्चारकर्मीसँग महामन्त्री थापाले भने हाम्रा साथीहरूले पनि इच्छा देखाउनुभएको छ। नयाँ साथीहरूलाई पनि अवसर दिनुपर्छ।

माओवादी नेता वर्षमान पुनले पनि पाटीभित्र मन्त्री फेर्नुपर्ने आवाज उठिरहेको खुलासा गरे । समाजवादीका साथीहरूले पूरै सेट फेरिसकेपछि हाम्रोमा पनि दबाब छ। कांग्रेस र जसपामा पनि दबाब छ उनले प्रतिक्रिया दिए। यस दबाबलाई नेताहरूले कति थेग्नुहुन्छ, थाहा छैन। तर, फेरबदल को मुडमा हामी पनि छौं, अहिले फेर्नुपर्छ भन्ने खालका आवाजहरू बढिरहेका छन्।

नेपाल समाचारपत्र दैनिकमा समाचार छ । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको